विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

विराटनगर, २५ जेठ ।  विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ ।

महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्नुहँुदै महानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताउनुभयो ।

एसटिआइयुआइपी प्रोजेक्टअन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न सजिलो हुनेछ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 ÷ 17 =