रसिया विश्वकप २०१८ : ब्राजिलले जित्ने सम्भावना २१ प्रतिशत हुँदा अन्यको कति ?

  • 291
  •  
  •  
  •  
  •  
    291
    Shares

काठमाडौं, २५ जेठ ।  रसिया विश्वकप २०१८ को उपाधी कुन देशले चुम्ला भन्ने अनुमानहरु आउन थालेका छन् । यो वर्षको विश्वकप जित्ने सम्भावना सबैधन्दा धेरै ब्राजिलको रहेको छ ।

विश्वकपका लाष् िछनोट भएका ३२ वटै टोली समावेश गरेर गरिएको अध्ययनमा ब्राजिलको जित्ने सम्भावना २१ प्रतिशत रहेको देखाएको छ ।  साविक विजेता जर्मनी र फाइनलमा उसको प्रतिस्पर्धी रहेको अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना समान ८ प्रतिशत रहेको छ ।

फिफा विश्वकप २०१८–रसिया विभिन्न १२ वटा स्टेडियममा जुन १४ देखि १५ जुलाई सम्म हुँदै छ । त्यस्तै विश्वकपको यो संस्करण जित्ने सम्भावना स्पेनको १० प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । यो अनुमान डब्लूडब्लूडब्लू डट ग्रेसनोट डट कमले गरेको हो ।

कुन समुहमा कसले जित्ने सम्भावना कति प्रतिशत ?

समूह ए : उरुग्वे ७७ प्रतिशत, रसिया ६० प्रतिशत, इजिप्ट ३६ प्रतिशत र साउदी अरेबिया २७ प्रतिशत
समूह बी : स्पेन ७६ प्रतिशत, पोर्चुगल ५८ प्रतिशत, इरान ३५ प्रतिशत र मोरक्को ३० प्रतिशत
समूह सी : फ्रान्स ६९ प्रतिशत, पेरु ६८ प्रतिशत, डेनमार्क ३५ प्रतिशत र अष्ट्रेलिया २७ प्रतिशत
समूह डी : अर्जेन्टिना ८२ प्रतिशत, क्रोएसिया ५७ प्रतिशत, आइसल्यान्ड ३५ प्रतिशत र नाइजेरिया २७ प्रतिशत

समूह ई : ब्राजिल ९० प्रतिशत, स्वीजरल्यान्ड ५१ प्रतिशत, सर्बिया ३१ प्रतिशत र कोस्टारिका २८ प्रतिशत
समूह एफ :जर्मनी ७९ प्रतिशत, मेक्सिको ६० प्रतिशत, स्वीडेन ३४ प्रतिशत र दक्षिण कोरिया २७ प्रतिशत
समूह जी : इंल्यान्ड ७१ प्रतिशत, बेल्जियम ७१ प्रतिशत, ट्युनिसिया ३२ प्रतिशत र पानामा २६ प्रतिशत
समूह एच : कोलोम्बिया ७७ प्रतिशत, पोल्यान्ड ५० प्रतिशत, सेनेगल ४५ प्रतिशत र जापान २९ प्रतिशत

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 15