‘चङ्गा’ र ‘मट्टीमाला’ सिनेमा हलमा, आफैंसँग जुधे बुद्धि तामाङ

  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

काठमाडौं, २५ जेठ । यो शुक्रबार दुईवटा नेपाली चलचित्र ‘चङ्गा’ र ‘मट्टीमाला’ एकसाथा रिलिज हुँदैछन् । ‘हर्के हल्दार’ र ‘डिठ्ठा साव’ मा आफ्नो कलाकारिता देखाइसकेका किशोर भण्डारी डेब्यु सिनेमा हो ‘चङ्गा’ । अहिलेसम्म हास्यटेलिफिल्म र नाटक निर्देशन गर्दै आएका किशोरले ‘चङ्गा’ मार्फत ठूलो पर्दाको चलचित्र निर्देशन थालेका हुन् ।

आफ्नो पहिलो चलचित्रमा उनले रंगमञ्चका चर्चित कलाकारहरूलाई खेलाएका छन् । बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, राजन खतिवडा, लक्ष्मी बर्देवा, अंकित खड्का, रेश्मा तिमल्सिनाले ‘चङ्गा’ मा अभिनय गरेका छन् । चलचित्रको निर्माता रेश्मा तिमल्सिना हुन् । चलचित्रमा बालक अपहरणको विषयलाई देखाउन खोजिएको छ । चलचित्र हास्यप्रधान भए पनि बालबालिका अपहरणसम्बन्धी कथाले दर्शकलाई भावुक बनाउने निर्देशक भण्डारीको भनाइ छ ।

चलचित्रमा राजनराज शिवाकोटी र कमल खत्रीले संगीत दिएका छन् । राजनराज शिवाकोटी र अञ्जु पन्तले गाएको ‘कम्पनी माला..’ बोलको गीत निकै लोकप्रिय छ ।

आजै बुद्धि तामाङको मुख्य भूमिका रहेको अर्को चलचित्र ‘मट्टीमाला’ पनि प्रदर्शनमा आएको छ । एकै दिन आफूले अभिनय गरेको चलचित्र रिलिज हुँदा बुद्धि तामाङले आफूसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

चलचित्रमा बुद्धि तामाङका अलावा रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राईलगायतको अभिनय रहेको छ । ‘मट्टीमाला’ को निर्देशन टेकपौरखी राईले गरेका हुन् । चलचित्रमा सुमन राईको संगीत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − = 47