को हुन् यी युवती जो, सलमान खानको पाउमा परिन् ?

  • 197
  •  
  •  
  •  
  •  
    197
    Shares

एजेन्सी, २५ जेठ । बलिउड सुपरस्टार सलमानखानको फ्यानहरु उनको तारिफ गरेर कहिले थाक्दैनन् । किन कि सलमानले काम नै त्यस्तै खालको गर्छन् । हालै मात्रै पनि सलमानले त्यस्तै अर्को काम गरेका छन् जस्ले फ्यानहरुलाई सलमानप्रतिको श्रद्धा झनै बढाइदिएको छ । भारतीय टेलिभिजनको रियालिटी शो ‘दश का दम’ होस्ट गर्ने क्रममा उनले एक गरिब र आर्थिक अबस्था कमजोर एक महिलाको छोरीको पढाईमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेका छन् ।

उनले शो को दौरानमा भइरहेको सानो खेलमा ती महिलाले आफ्नो छोरी पढाउन नसक्ने बताएपछि उनले शोमै ती महिलाको छोरीको सम्पूर्ण पढाई खर्च बेहोर्ने आश्वसान दिएका हुन् । सलमानले यस्तो आश्वासन दिएपछि पिंकी शाग गरेकी ती महिला सलमानको पाउमा परेर भावुक भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ 14 =