डेढ अर्ब क्षतिपूर्ति माग्न लगाएर मेलम्ची खानेपानी आयोजना परामर्शदाता उपप्रमुख शिव शर्मा अमेरिका भ्रमणमा

  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

काठमाडौं, २५ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना समयमै पूरा नगर्न एक नेपाली नागरिकको सक्रियता धेरै रहेको पाइएको छ । उनी हुन्, मेलम्ची खानेपानी आयोजना परामर्शदातातर्फका उपप्रमुख शिव शर्मा । उनी अहिले अमेरिका भ्रमणमा छन् । केही समयअघिसम्म सामान्य इन्जिनियरका रूपमा रहेका शर्मा अहिले डेढ करोडको गाडी चढ्छन् । उनी कसरी हुन्छ, बन्दै गरेका आयोजनालाई भेरियसन वा विभिन्न बहानामा समय गुजार्न लगाएर राज्यकोषको दोहन गर्ने मामिलामा खप्पिस रहेको बताइन्छ ।

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिेस्टी (सीएमसी)ले काममा लापरवाही गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । विभिन्न कारणले लागत बढेको बताउँदै सीएमसीले एक अर्ब ६५ करोड क्षतिपूर्ति र थप ५४० दिन समय नेपाल सरकारसँग माग गरेको छ । जसले गर्दा मेलम्ची आयोजना पूरा हुन अझै डेढ वर्षभन्दा बढी समय लाग्ने निश्चित छ । थप समयसँगै लागत बढ्ने संकेत देखिएको छ ।

इटालियन ठेकदार कम्पनी सीएमसीको परामर्शदाता कम्पनीले नेपाल प्रमुख डा.थोमस बारबरिचलाई बर्खास्त गरेको छ । ठेकेदार कम्पनीले काम नगरी अनावश्यक क्षतिपूर्ति मागेको रिपोर्ट दिएपछि उनी बर्खास्तीमा परेका हुन् । ठेकेदार कम्पनी सीएमसीले नेपाल सरकारको क्षतिपूर्ति चित्तबुझ्दो नभएको भन्दै एडीबीमा उजुरी गरेपछि शुक्रबार सुनुवाइ हुँदैछ । सुनुवाइका क्रममा परामर्शदाता कम्पनीले दिने प्राविधिक प्रमाणलाई नै आधार मानिन्छ ।
तर, सुनुवाइको पूर्वसन्ध्यामा परामर्शदाता कम्पनीले नेपाल प्रमुख बारबरिचलाई नै बर्खास्त गरेपछि मुद्दा प्रभावित गर्ने आशंका बढेको छ । डा.थोमसले नेपालले ठेकेदार कम्पनीलाई एक अर्ब ६५ करोड क्षतिपूर्ति दिन नपर्ने प्राविधिक रिपोर्ट पेस गरेका थिए । बारबरिचलाई हटाएर डिजाइन प्रमुख प्रद्युम्नलाल प्रधानलाई कार्यबाहकको जिम्मेवारीको पत्र दिइएको छ ।

कन्सल्ट्यान्टतर्फका उपप्रमुख शिव शर्माले आन्तरिक बैठकमा ठेकेदारको पक्ष लिएपछि उनीसँग कन्सल्ट्यान्ट प्रमुख बारबरिचको भनाभन भएको बताइन्छ । शर्माकै नेतृत्वमा ठेकेदारसँगको मिलेमतोमा समय लम्ब्याउने र क्षतिपूर्ति माग गर्ने कामको योजना बन्दै आएको बुझिएको छ । चिनियाँ कम्पनीले बीचमै काम छाडेपछि सीएमसीसँग सन् २०१३ मा निर्माण सम्झौता गरेको हो । सम्झौताअनुसार २०१७ सम्म निर्माण सक्नुपर्ने थियो । नाकाबन्दी, भूकम्प र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समय लम्बिँदै गएको हो । भ्याटबाहेक सात अरब ७२ करोडको निर्माण सम्झौता भएकोमा हालसम्म सिएमसीलाई नेपाल सरकारले करिब आठ अर्ब ७५ करोड भुक्तानी गरिसकेको छ ।

सम्झौता हुँदा मेलम्ची आयोजनाको ३५ हजार क्युविक मिटर ओपन कट गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर, भूकम्पका कारण अम्बाथानमा सम्झौताभन्दा बढी ओपन कट गर्नुपरेकाले पनि यो रकम पाउनुपर्ने उसको माग छ । आयोजनाको डिजाइन, सुपरीवेक्षण र भुक्तानीका लागि सिफारिस गर्ने परामर्शदाता कम्पनी इप्टिसाले २८ करोड लागत बढेको सिफारिस गरेको थियो । साथै ५४० दिन नभई मात्र ८० दिन थप समय दिन सिफारिस ग¥यो । सरकारले ४० दिन समय दिएको पनि हो । दिनहुँ तीव्र गतिमा काम गरे पनि अझै एक वर्ष मेलम्चीको काम पूरा नहुने बताइन्छ । यसले गर्दै २०७६ सालको दसैंमा पनि मेलम्चीको पानी काठमाडौंवासीले उपभोग नगर्ने सम्भावना बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 10 =