नायिका रेखा थापाप्रति निर्देशक श्याम भट्टराईको व्यंग्य, राउटे बालबालिकाले अध्ययन पूरा गरे होलान्

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौं, २५ जेठ । नायिका रेखा थापा आफैंले निर्देशन गरेको ‘मालिका’ चलचित्रको सुटिङ सकिएको छ । छोरी बचाउ अभियानमा क्रियाशील रेखाले जाजरकोटका विभिन्न क्षेत्रमा २९ दिनमै चलचित्रको सुटिङ सकेकी हुन् । छोरीको विषयमा आधारित ‘मालिका’ आगामी लक्ष्मीपूजामा रिलिज हुँदैछ ।

उनै रेखा थापालाई हाल अमेरिकामा बस्दै आएका निर्देशक श्याम भट्टराई कटाक्ष गरेका छन् । उनले रेखा थापाले रजतपटमा प्रवेश गराएकी नयाँ कलाकारलाई शुभकामना दिँदै विगतमा रेखाले राउटे बालबालिकालाई अभिभावकत्व प्रदान गरेको र तिनीहरू अब ठूला भइसके होलान्, रेखाले उनीहरूको भरणपोषण निकै राम्रोसँग गरेकी होलान् भन्दै व्यंग्य गरेका छन् ।

जबकि यतिखेर ती राउटे बालबालिका रेखासँग छैनन् । पाँच वर्षअघि आफूले संरक्षण दिइरहेका ती राउटे बालबालिकाबारे रेखा अहिले आफैं अनभिज्ञ रहेको बताइन्छ । तर, श्यामले ती राउटे बालबालिकाले रेखाले लगाएको गुण नबिर्सिउन्, भोलिका दिनमा उनीहरू पनि रेखा जस्तै बनून् भन्दै रेखाप्रति कटाक्ष गरेका छन् ।

श्याम भट्टराई तिनै निर्देशक हुन्, जसलाई रेखाले ‘हिम्मतवाली’ चलचित्रबाट अपमानपूर्वक निकालेर आफैं निर्देशक भएको बताएकी थिइन् । सो काण्डलगत्तै श्याम अमेरिका हानिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 14