भारतीको श्रीमानले किने नयाँ कार, कारको बिषयमा ट्रोल बनाउनेलाई दिइन कडा जवाफ

  • 489
  •  
  •  
  •  
  •  
    489
    Shares

एजेन्सी,२५ जेठ । भारतीय कमेडियन भारती सिंहको पती हर्ष लिम्बाचियाले विवाह लगतै नयाँ कार किनेका छन् । विवाह लगतै यति धेरै मंहगो कार चढेको देखेपछि उनी निकै ट्रोल बनिरहेका छन् ।

ट्रोलरहरुले उनको खण्डन गर्दै भारतीको पैसाले महंगो कार किनका हुन नत्र उनको कार चढ्ने हैसियत छैन्, भनि खण्डन समेत गरेका छन् । यद्यपी भारतीले भने निकै आक्रोत बनेकी छन्, । एक रियालीटी शोमा प्रस्तुत भएकी उनले ट्रोलरहरुलाई कडा जवाफ दिएकी छन् ।

‘यो कार मेरा श्रीमानले आफ्नै पैसाले किनेका हुन् । के तपाईहरु मेरा श्रीमान एउटा कार किन्न पनि सक्षम छैनन् भन्ने ठान्नुहुन्छ रु’ उनले आक्रोशित हुँदै भनिन् ।‘मेरो श्रीमान रात दिन काम गर्नुहुन्छ र चाहेजति पैसा कमाउनुहुन्छ । उहाँले मलाई खुशी राख्नुभएको छ । म आफ्नो श्रीमानमा गर्व गर्छु ।’

भारतीका श्रीमान हर्ष स्क्रिप्ट राइटर हुन् । उनले कमेडी शोहरुको स्क्रिप्ट लेख्ने गर्छन् । तर, हर्षको भन्दा भारतीको कमाई राम्रो छ । हर्ष र भारती चर्चित रियालिटी शो ‘नच बलिए’ आठौँ संस्करणमा सहभागी हुने सबैभन्दा महंगा जोडी थिए । उनीहरुले प्रत्येक एपिसोडको ३० लाख भारु लिएका थिए । भारती ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट चर्चामा आएकी हुन् । पछिल्लो समय उनी कपिल शर्मासँग सहकार्यमा थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − = 8