विवाह अगाडी नै किनिदिए रणवीरले दीपिकालाई नयाँ घर

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

एजेन्सी,२५ जेठ । बलिउड अभिनेता रणवीर सिंहले विवाह अगाडी नै दीपिका पादुकोणको लागि बान्द्राको श्री अपार्टमेन्ट्समा नयाँ घर किनिदिएका छन् ।भारतीय सञ्चार माध्यमको अनुसार दीपिका र रणवीरको विवाह १८ देखि २० नोभेम्बरसम्ममा हुनेछ।

यतिबेला उनीहरु विवाहको तयारीमा धुमधामले जुटेका छन् । रणवीरले विवाह नहुँदै दीपिकाको लागि नयाँ घर समेत किनिदिएका छन् । जहाँ उनी विवाहपछि दीपिकाका साथमा रहन सकुन्।

बुधबार दीपिका आफ्नी आमासँग मुम्बाईको बान्द्रा स्थित ज्वलैरी शपमा गहना खरिद गर्न पुगेकी थिइन्। विवाहको फंक्शन ३ दिनसम्म चल्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 12