उपेन्द्र यादवलाई राज्यमन्त्री अर्याल घाँडो, प्रधानमन्त्री ओली विकल्प सोच्दै

  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares

काठमाडौं, २५ जेठ । केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री र राज्यमन्त्री फरक फरक पार्टीका छन् । जसका कारण दुवैलाई काम गर्न निकै असहज उत्पन्न भइरहेको बताइएको छ ।

स्वास्थ्यमन्त्री अहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव छन् । स्वास्थ्य राज्यमन्त्री भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पद्मा अर्याल छिन् । तीन महिनाअघि ओलीले अर्यालाई स्वास्थ्यर राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए । तर, केही दिनअघि मात्र फुलमन्त्री आएकाले अर्याललाई अप्ठेरो महसुस भएको छ । अर्कै पार्टीको नेताको अन्डरमा बसेर काम गर्नुपर्ने भएकाले स्वास्थ्य राज्यमन्त्री अर्याललाई आफ्नो व्यवस्थापन गरिदिन प्रधानमन्त्री ओलीकहाँ कुरा पु¥याइसकेकी छन् । तर, उनलाई अर्कै मन्त्रालयमा लगेर फेरि स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने बाध्यतामा ओली छन् ।

फोरम दुई मन्त्री र एउटा राज्यमन्त्री पाउने सर्तमा सरकारमा सहभागी भएको थियो । यतिखेर २४ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । संविधानमा २५ सदस्यीयभन्दा बढी बनाउन नसकिने उल्लेख छ । स्रोतका अनुसार स्वास्थ्यमन्त्री यादवले राज्यमन्त्री अर्याललाई मार्गप्रशस्त गरिदिन अप्रत्यक्ष रूपमा दबाब दिइरहेको बताइन्छ ।

चाँडै चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स), पाटन चिकित्सा विज्ञान प्रतिष्ठान, मेडिकल काउन्सिल र विभिन्न सरकारी अस्पतालका प्रमुखहरूको नियुक्ति गर्नुपर्ने भएकाले मन्त्री यादवले अर्याललाई मार्गप्रशस्त गरिदिन आग्रह गरिरहेको बताइएको छ । राज्यमन्त्री भएर आएपछि अर्यालले त्यति धेरै राम्रो काम गर्न सकेकी थिइनन् । तैपनि उनले टेकु अस्पताल र स्वास्थ्य सेवा विभागमा भने वामपन्थी विचार बोक्ने कर्मचारीको सेटिङ गरिसकेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 8 =