फिफा विश्वकप २०१८ः समुह ‘इ’ प्रिभ्यू, ब्राजिल सिंह

  • 237
  •  
  •  
  •  
  •  
    237
    Shares

काठमाडौं, २५  जेठ । फुटबलको महाकुम्भ विश्वकप सुरु हुन ८ दिन बाँकी छ । संसारभरका फुटलप्रेमी विश्वकपलाई उत्सव बनाउन तयार भइसकेका छन् । रसियामा हुने विश्वकप नजिकिँदै जाँदा विभिन्न खालका विश्लेष सुरु भइसकेका छन् । सहभागि टिमले अभ्यास स्वरुप मैत्रीपूर्ण खेल खेलिरहेका छन् र प्रशिक्षण गरिरहेका छन् ।

यहाँ समुह ‘इ’को बारेमा चर्चा गरिएको छ । यो समुहमा विश्व फुटबलको हेभिवेट ब्राजिल समेत छ । यो समुहलाई अन्य समुहको तुलनमा कठिन मानिएको छ । कोस्टारिका, सर्विया र स्विट्जरल्याण्ड यही समुहमा छन् । तर अन्य टिमलाई हेर्दा ब्राजिल समुह विजेता हुने निश्चित झैं छ ।

टिमः ब्राजिल

फ्याक्ट सिट

पछिल्लो विश्वकपः सेमी फाइनल, ब्राजिल २०१४
उत्कृष्ट प्रर्दशनः विश्वविजेता (१९५८, १९६२, १९७०, १९९४ र २००२)
म्यानेजरः टिटे
कन्फ्रेडेरेसनः कमबोल
क्याप्टेनः आलोपालो प्रणाली
विश्व वरियताः २
सम्भावित फर्मेसनः ४–३–३

विश्वकप यात्रा

दक्षिण अमेरिकी मुलक ब्राजिल विश्वफुटबलको बादशाह हो । ब्राजिल रसिया विश्वकपमा छनौट हुने मुलुक समेत हो । ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रको छनौटमा एक खेलमा मात्रै पराजय भोगेको थियो । ब्राजिलको टोली टिटे सम्हालेपछि उत्कृष्ट खेल पस्कँदै ब्राजिल रसिया विश्वकपमा छनौट भएको थियो ।

म्यानेजर

२०१४ पछि डुंगाको नेतृत्वमा ब्राजिलले निरन्तर निराशा जनक प्रर्दशन गरेपछि टिटेले डुंगालाई रिप्लेस गरेका थिए । उनले लामो समय ब्राजिलको क्लब कोरिन्थियन सम्हालेका थिए । उनले आक्रम र उत्कृष्ट खेल्ने रणनीति अपनाउँदै आएका छन् । रक्षा पंक्तिलाई मजबुद बनाउने, मिडफिल्ड र अग्रपंक्तिबीचको तालमेल चुस्त बनाएर विपक्षीको पोस्टमा निरन्तर आक्रमण गराउने रणनीति टिटेले लिएका छन् । जुन निकै सफल देखिएको छ ।

स्क्वाड

हेर्न लायक खेलाडी

नेयमार ब्राजिलका सुपर स्टार हुन् । उनले छनौट चरणका खेलमा ६ गोल गर्दै ८ अवसर सिर्जना गरेका थिए । तीन महिना मैदान बाहिर रहेका उनले आइतबार क्रोसिया विरुद्धको खेलबाट कमब्याक गरेका छन् । उक्त खेलमा उनले उत्कृष्ट गोल समेत गरेका थिए । यस्तै ग्राविय जेसुस ब्राजिलका अर्का प्रतिभावान युवा खेलाडी हुन् । उनले ब्राजिलबाट १६ खेल खेल्दै ९ गोल गरिसकेका छन् । स्टार खेलाडीले भरिएको ब्राजिलियन टोलीमा काउन्टिहो, पाउलिन्हो, विलियन,, कासिमिरो जस्ता मिडफिल्डर छन् ।

टिमः कोस्टारिका

फ्याक्ट सिट

कन्फ्रडेरेसनः क्यानक्याफ
पछिल्लो विश्वकपः क्वाटरफाइनल
उत्कृष्ट प्रर्दशनः क्वाटरफाइनल, ब्राजिल २०१४
म्यानेजरः ओस्कर रमिरेज
क्याप्टेनः ब्रायन रुइज
विश्व वरियताः २५
सम्भावित फर्मेसनः ५–४–१

विश्वकप यात्रा

कोस्टारिका क्यानक्याफ क्वालिफायरबाट दोस्रो हुँदै विश्वकपमा छनौट भएको हो । उसले दुई खेलमा हार ब्याहोरेको थियो, तर पनि विश्वकपमा सहजै छनौट हुने अवस्थामा उ थियो । ओस्कर रमिरेज नेतृत्वको टोलीले अमेरिका विरुद्ध ४–० को जित निकालेको थियो ।

म्यानेजर

ओस्कर २००६ मा कोस्टारिकाको सहायक प्रशिक्षक थिए । उनले २०१५ मा मुख्य प्रशिक्षकको जिम्मेवारी पाए । कोस्टारिकाको राष्ट्रिय टोलीका पूर्व मिडफिल्डरले इटालीमा १९९० मा भएको विश्वकप खेलेका थिए । उनले कोस्टारिकाको टोलीलाई बलियो सन्तुलित बनाएका छन् ।

स्क्वाड

हेर्न लायक खेलाडी

कप्तान ब्रायन रुइज कोस्टारिकाका उत्कृष्ट मिडफिल्डर हुन् । उनी स्पोर्टिङ लिस्बनका उनी स्ट्राइकरकारुपमा समेत खेल्न सक्छन् । फवार्ड मार्कोस र मिडफिल्डर क्रिश्चियन बोलानोस टिमका महत्वपूर्ण सदस्य हुन् । उनीहरुले छनौट चरणमा ८ गोल गरेका थिए । आर्सनलका पूर्व विंगर जोएल केपबेल ती खेलाडी हुन्, जसले तिव्र गतिका साथ खेल्न सक्छन् ।

टिमः सर्विया

फ्याक्ट सिट

कन्फ्रडेरेसनः यूइएफए
पछिल्लो विश्वकपः समुह चरण, दक्षिण अफ्रिका, २०१०
उत्कृष्ट प्रर्दशनः चौथो, १९३० र १९६२
म्यानेजरः म्यालडन क्रास्टिक
विश्व वरियताः ३५
सम्भावित फर्मेसनः ४–२–३–१

विश्वकप यात्रा

सर्विया यूईएफए क्लालिफायरको समुह डि मा थियो । उक्त समुहको विजेता हुँदै उ विश्वकपमा छनौट भएको हो । सर्बियाले आयरल्याण्डसँग २–२ को बराबरी खेल्दै अभियान सुरु गरेको थियो । त्यसपछि लगातार सुखद नतिजा निकाल्न सर्विया सफल भएको थियो । उसले सर्वियासँगको एक मात्रै हारेको थियो ।

म्यानेजर

पछिल्ला केही बर्षमा सर्विया निकै ठूलो समस्यामा गुज्रिएको थियो । सबै नजिता निराशाजनक थिए । २०१० को विश्वकपमा पहिलो पटक सर्वियालाई पुराएका पूर्व प्रशिक्षक स्लाभोजिब मुस्लिनले त्यहाँको फुटबललाई सुधार गरे । उनको कार्यकाल अक्टुबर २०१७ मा सकियो र म्यालडन क्रास्टिकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरियो । क्रास्टिक ती नै हुन्, जो मुस्लिनका कोचिङ स्टाफ थिए ।

स्क्वाड

मार्को दिमितोभिक, पिड्राग राजकोभिच, व्लादिमीर स्टोजकोभिच, एलेकसन्दार कोलारोभ, निकोला मिलेन्कोभिच, मिलान रोडिक, एन्टोनियो रुकाविना, उरोज स्पेजिक, डुस्को टोसिक, मिलोस भेलजेकोभिच, मार्को गुजिंक, फिलिप कोस्टिक, अदम लेजजिक, निमेन्जो मटिक, यू मिलिकोभिक साभिच, लुका मिलिभोजेभिक, निमेन्जा राडोनजिक, दुसन तादिक, एन्ड्रिजा जिवोकोविक, लुका जोविच, अलेक्सान्दर मिट्रभिक, अलेक्सान्दर प्राजोविक ।

हेर्नलायक खेलाडी

सर्वियासँग केही उत्कृष्ट मिडफिल्डर छन् । निमनजा म्याटिक हेर्न लायक खेलाडी हुन्, जो म्यानचेस्टर युनाइटेडबाट खेल्छन् । मिलोस भेलजेकोभिच रोमाबाट उत्कृष्ट खेलिरहेका छन् । दुशान तादिकले मिडफिल्डमा राम्रो खेल्ने अपेक्षा गरिएको छ । एलेक्ससान्दर मिर्टोभिक विपक्षीका लागि सँधै खतरा बन्न सक्छन् ।

टिमः स्विट्जरल्याण्ड

फ्याक्ट सिट

कन्फ्रडेरेसनः यूईएफए
पछिल्लो विश्वकपः अन्तिम १६, ब्राजिल २०१४
उत्कृष्ट प्रर्दशनः क्वाटरफाइनल, १९३४, १९३८, र १९५४
म्यानेजरः भ्लादिमिर पेटकोभिच
क्याप्टेनः स्टीफन लिचस्टिनर
विश्व वरियताः ६
सम्भावित फर्मेसनः ४–२–३–१

विश्वकप यात्रा

भ्लादिमीर पेचकोभिच र उनको टिमले छनौट चरणमा निकै राम्रो प्रर्दशन गरेको थियो । स्विट्जरल्याण्डले पोर्चुगललाई समेत हराएको थियो । यद्यपी स्विट्जरल्याण्ड समुह उपविजेता बन्यो र उत्तरी आयरल्याण्डलाई प्लेअफमा हराएर विश्वकपमा स्थान बनायो । स्विट्जरल्याण्ड चौथो विश्वकपमा छनौट भएको हो ।

म्यानेजर

बोस्नियामा जन्मिएका पेटकोभिचले फिफाद्वारा आयोजित पहिलो प्रतियोगितामा सहभागिता जनाउँदैछन् । यद्यपी उनको नेतृत्वमा स्विट्जरल्याण्डले यूरो कपमो १६ मा स्थान बनाएको थियो । उनले सन्तुलित टिम बनाएका छन्, त्यो नै उनको शक्ति हो । कडा मेहनत र गज्जबको रणनीति उनको विशेषता हो ।

स्क्वाड

हेर्न लायक खेलाडी

ग्रेनिट साका स्विट्जरल्याण्डको मिडफिल्डका मुख्य हतियार हुन् । आर्सनलका मिडफिल्डरले छनौट चरणमा थुप्रै उत्कृष्ट पास उपलब्ध गराएका थिए । २५ बर्षिय उनले ९० प्रतिशत पास गोलका लागि उपलब्ध गराएका थिए । सेरडन शाकिरी गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन् । अर्मबान्ड र स्टीफनले रक्षा पंक्तिमा महत्वपूर्ण भूमिका निभाउने छन् । विश्वकपमा स्विट्जल्याण्डका सबै खेलाडीले उत्कृष्ट प्रर्दशन गर्न सक्ने आँकलन गरिएको छ ।

यो समुहका खेल

१७ जुनः कोस्टारिका भर्सेस सर्विया, साँझ ५ः४५
१७ जुनः ब्राजिल भर्सेस स्विट्जरल्याण्ड, राति ११ः४५
२२ जुनः ब्राजिल भर्सेस कोस्टारिका, साँझ ५ः४५
२२ जुनः सर्विया भर्सेस स्विट्जरल्याण्ड, राति ११ः४५
२७ जुनः सर्विया भर्सेस ब्राजिल, राति ११ः४५
२७ जुनः स्विटजरल्याण्ड भर्सेस कोस्टारिका, राति ११ः४५

ब्राजिल सिंह

यो समुहका खेल निकै रोमान्चक हुनेछ । चारै टोली नकआउट चरणमा पुग्ने कोशिसमा हुनेछन् र त्यसका लागि लायक समेत छन् । ब्राजिल त्यो समुहको ‘सिंह’ हो । उ समुह विजेता हुने सम्भावना छ । दोस्रो स्थानका लागि तीन टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ र को अघिल्लो चरण प्रवेश गर्छ, अनुमान गर्न सकिन्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + = 2