राप्रपा (प्रजातान्त्रिक)ले समान बिचार धारका पार्टीसँग एकता गर्ने, एकता बिस्तारका लागि कार्यदल गठन

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौँ, २५ जेठ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ ।

पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले उक्त कार्यदलको संयोजकमा उपाध्यक्ष दीपक बोहरालाई शुक्रबार नियुक्त गर्नुभएको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । कार्यदलको सदस्यमा नेतात्रय विक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।

पूर्वपञ्च परिवेशका अधिकांश नेता संलग्न तीन राप्रापाले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि समान वैचारिक दृष्टिकोण भएका पार्टी तथा समूहसँग सहकार्य र समन्वय गरिरहेका छन् ।

पछिल्लो समय राणा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक), डा प्रकाचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पाटी (राष्ट्रवादी) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीका शीर्ष नेता तीनवटै पार्टी एकीकरणका लागि अनौपचारिक छलफल र गृहकार्यमा छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 7