प्रियंकको कारण ‘क्वान्टिको ३’ को अन्तिम भाग समस्यामा

  • 173
  •  
  •  
  •  
  •  
    173
    Shares

एजेन्सी २५ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’ को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ । उक्त शोमा देखाइएको दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन् ।

प्रियंकाको उक्त शो तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुप माथि जान सकेको छैन । अन्तिम भागको एक दृश्यमा भारतीयलाई मार्ने योजना बनाइरहेको देखाइएको छ ।

दृश्यमा बममार्फत उक्त व्यक्तिलाई मार्ने अनि सबै दोष पाकिस्तानलाई दिने योजना बनाइएको छ । प्रियंकाका प्रशंसक र शोका दर्शकले यो कुरा मन नपराएपछि सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आक्रोश बढेको हो ।

गत जुन १ मा रिलिज भएको सोमा एमआइटीका एक अध्यापकले युरेनियम पाइरहेको देखाइएको थियो जुन युरेनियममार्फत उनले एक परमाणु बम बनाउँछन् ।

उनको उद्देश्य न्युर्योकमा हुन लागेको भारत–पाकिस्तानबीचको शिखर वार्तामा बम पड्काएर त्यसको दोष पाकिस्तानलाई लगाउने हुन्छ । केहीले सोप्रति आक्रोश पनि व्यक्त गरेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =