सैफ अली खानमाथि लग्यो गम्भीर आरोप, इन्टरपोलले सुरु गर्‍यो अनुसन्धान

  • 158
  •  
  •  
  •  
  •  
    158
    Shares

एजेन्सी, बलिउड अभिनेता सैफ अली खानलाई जङ्गली सुगुर मारेको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।  यूरोपीय देश बुल्‍गारियामा फिल्म सुटिंगका क्रममा अभिनेता सैफ अली खानले जङ्गली सुँगुर मारेको अभियोगमा बुल्‍गारियाको प्रहरीले इन्टरपोलको मध्यमबाट सैफसँग  सोधपुछ गरेको छ  ।

भारतीय संचारमाध्यमका अनुसार जङ्गली सुँगुर मारेको अभियोगमा  सैफका  बुल्‍गारियन एजेन्टलाई पक्राउ गरेपछि सैफ पनि त्यस घटनामा संलग्न भएको आशंकामा सोधपुछ गरेको हो । प्रहरीका अनुसार लाइसन्स नलि जङ्गली सुँगुर मार्न  गएको भन्दै बुल्‍गारियाको प्रहरीले इन्टरपोल र  इन्डियन क्राइम ब्रान्चसँग मिलेर सैफसँग  सोधपुछ गरेको हो  । केहि दिन अघि मात्र राजस्थानमा कालो हरिण मारेको अभियोगबाट सफाई  पाएका पुनः प्रहरीको फन्दामा परेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 − = 71