आफ्नो टिमको समर्थनमा जुँगा पाल्ने होड, रसियनको ‘मोस्टाचअफहोप’ ह्यासट्याग भाइरल

  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं, २५ जेठ । विश्वकप २०१८ को आयोजक राष्ट्र रसियनहरुले आफ्नो टिमको समर्थनमा जुँगा पाल्ने/राख्ने अभियान चलाएका छन् । टिमको समर्थनमा रसियनहरुले नयाँ शैली अवलम्बन गरेकाले यो विश्वभर नै निक्कै चासोका साथ हेरिएको छ ।

फिफा विश्वकप २०१८ को काउनडाउन सुरु भइसकेको छ । आयोजक राष्ट्र रसियामा टिम जिताउन क्याम्पेन सुरु भएको छ । रसियाका सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोताले राष्ट्रिय टोलीको समर्थनमा जुँगा पाल्ने अभियान चलाएका हुन् ।

यसमा रसियन फुटबल टोलीका म्यानेजर स्टेनस्लाभ चेरचेकोभले समेत उक्त अभियानमा साथ दिएका छन् । त्यस्तै भेरचेनी अर्जेन्ट शोका प्रस्तोता इभान अर्जेन्टले आफ्ना दर्शकहरुलाई उक्त शो मार्फत मोस्ट्याच (जुँगा) अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

उनले आफ्ना इन्स्टाग्राम फलोअरलाई समेत ‘मोस्टाचअफहोप’ ह्यासट्गन प्रयोग गर्न आह्वान गरेका छन् । उनले चलाएको अभियानमा ४० हजारभन्दा बढी लाइक रहेको छ । उनले लेखेका छन्, ‘अनुमान, मौषम तथा भौतिक शास्त्रको नियम जस्तै हो फुटबल खेलाडीको जीवन पनि सामान्य नै हुन्छ ।’

यो अभियानमा साथ दिन धेरै रसियनहरुले जेनियुन जुँगा भएकै फोटो प्रयोग गरेर साथ दिएका छन् । अलेकजेन्डर कुजमिनले आफ्नो दाह्री सफा गरेर जुँगा मात्र राखेका छन् । संगै उनले चर्चित सामाजिक संजाल भीके डट कम मार्फत लेखेका छन्, ‘मलाई विश्वास छ यो अभियानले हाम्रो टिमलाई भाग्य जयाउनेछ ।’

अन्य केहीले नक्कली जुँगा बनाएर समेत यो अभियानलाई साथ दिएका छन् । यो अभियानले राष्ट्रिय टिममा ठूलो आशा जगाउने विश्वास धेरैले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3