वडा सदस्य सार्कीको हत्या गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र

  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाडौँ, २५ जेठ ।  गृहमन्त्री रामबहादुर थापालाई आज अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले आज भेटगरी कालीकोटको नरहरिनाथ गाउँपालिका– ९ का वडा महिला सदस्य मना सार्कीलाई यातनापछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

गृहमन्त्री थापालाई अनेरास्ववियूका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले जातीय भेदभावका आधारमा सार्कीको पाशविक हत्या भएकाले हत्यारालाई कारबाही गर्न माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अपराधीलाई हदैसम्मको कारबाही गर्ने बताएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो ।

ज्ञापनपत्रमा संविधानले जातीय विभेदलाई मानव अधिकार हनन् भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता बर्वर र पाशविक हत्या नदोरिन राज्यको पहलकदमी गर्नुपर्ने माग गरिएको छ । वडा सदस्य सार्कीलाई कुटपिट गरी गत जेठ १९ गते हत्या गरिएको थियो ।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 80