कसले किन फैलायो डा. उपेन्द्र देवकोटा बारे अफबाह ?

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौँ, जेठ २६ गते।  अघिल्ला दिन भन्दा डा. उपेन्द्र देवकोटाको अवस्था शुक्रबार अझै जटिल भएको थियो’, उनका सहयोगी डा. तारा अधिकारीले भने, ‘’तर पुष्टि नै नगरी एकाएक निधनको खबर अफबाहकारुपमा फैलिएपछि बिनाकारण तनाव झेल्नुपर्यो ।”

डा. अधिकारीका अनुसार, जेठ २५ गते  शुक्रबार राति डा. देवकोटाको अवस्था अघिल्ला दिन भन्दा गम्भीर भएको थियो । आईसीयूमै रहेर पनि अघिल्ला डा. देवकोटा आफ्ना शुभेच्छु र साथीभाइलाई भेट गरिहेका थिए ।

 

शुक्रबार अवस्था जटिल भएपछि हेर्नका लागि भन्दै डा. देवकोटाका परिवार र आफन्तलाई अस्पतालमै बोलाइयो । ‘अघिल्ला दिन भन्दा अवस्था जटिल बनेपछि परिवार र आफन्तहरुसँग भेट गराउन अस्पतालमै बोलाइयो’, डा. अधिकारीले भने, ‘तर, त्यसपछि उहाँको निधन भएको खबर एकाएक फैलियो ।’

 

भेट्न आएका आफन्तमध्येबाटै देवकोटाको निधन भएको गलत खबर बाहिरिएको अनुमान डा. अधिकारीलले गरेका छन् । ‘उहाँलाई भेटेपछि अस्पतालबाट बाहिरिएका आफन्तबाटै यो अपबाह बाहिरिएको हुनुपर्छ’, उनले भने, ‘अवस्था गम्भीर, अझ गम्भीर, धेरै गम्भीर भन्दै रातारात उहाँको मृत्यु नै भएको घोषणा गरिएछ, यो बेठीक भयो ।’ अन्नपूर्ण पोष्ट डटकमले २०७५ जेठ २६ बिहान ७ बजे समाचार दिएको छ। साँघुबाट  

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =