अनुष्का देखि ऐश्वर्यासम्म, जसले लाखौं मूल्यका मंगलसुत्र लगाउँछन् (सूचीसहित) 

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares
काठमाडौं । त्यसो त, बलिउड अभिनेत्रीहरूल मंगलसुत्र लगाएको कमै देखिन्छ । यसको मतलब उनीहरूलाई मंगलसुत्रको मतलब छैन भन्ने होइन । उनीहरूसँग निकै महँगा मंगलसुत्र छन् ।
हेर्नुहोस् सूची 
अनुष्का शर्मा
क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी अभिनेत्री अनुष्का शर्मासँग ५२ लाख रूपैंयाको मंगलसुत्र हो । यो मंगलसुत्र डायमण्डको हो । अनुष्का र विराटको विवाह ११ डिसेम्बर २०१७ मा भएको थियो ।
ऐश्वर्या राय 
ऐश्वर्या राय बच्चन अक्सर सिन्दर र मंगलसुत्र लगाएर हिड्छिन् । उनले लगाउने मंगलसुत्रको मूल्य ४५ लाख रूपैंपा हो । उनको मंगलसुत्र पनि हिराको हो । उनको विवाह अभिषेशक बच्चनसँग २० अप्रिल २००७ मा भएको हो ।
शिल्पा शेट्टी

शिल्पा शेट्टी अधिकांश वेस्टर्न आउटफिटमा देखिन्छिन् । कहिलेकाहिँ उनी परम्परागत लुकमा समेत देखिन्छिन् र मंलगसुत्र लगाउँछिन् । उनको हिराको मंगलसुत्रको मूल्य ३० लाख हो । उनले बिजनेशम्यान राज कुन्द्रासँग २२ नोभेम्बर २००९ मा विवाह गरेकी थिइन् ।
काजोल 
अभिनेत्री काजोसँग हिरा जडित २१ लाख पर्ने मंगलसुत्र छ । काजोलले अभिनेता अजय देवगनसँग २४ फेब्रुअरी १९९९ मा विवाह गरेकी थिइन् ।
माधुरी दीक्षित 
माधुरीसँग ८.५ लाख पर्ने सुन र कालो मोती जडित मंगलसुत्र छ । जसमा रूद्राक्षको मोती पनि लगाइएको छ । उनले कमै मात्रमा मंगलसुत्र लगाएको देखिन्छ । उनले अमेरिकाका डाक्टर श्रीराम नैनेसँग १७ अक्टुबर १९९९ मा विवाह गरकी थिइन् ।
करिश्मा कपूर 
करिश्मासँग १७ लाख पर्ने मंगलसुत्र छ । उनले बिजनेशम्यान संजय कपूरसँग २९ डिसेम्बर २००३ मा विवाह गरेकी थिइन् । अहिले उनीहरूको डिभोर्स भइसकेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1