जहाँ गर्भनिरोधक चक्कीबारे सोधखोज बढ्दैछ

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौँ । गुगल खोजीबारे बीबीसीले गरेको एउटा विश्लेषणले विश्वभरि पछिल्लो दशकमा गर्भपतनका लागि प्रयोग हुने चक्कीबारे भएका अनलाइन खोजी दुई गुणाभन्दा बढीले बढेको पाइएको छ।

उक्त अनुसन्धानले गर्भपतनसम्बन्धी कडा कानून भएका देशमाहरूमा गर्भनिरोधक चक्कीबारे सबैभन्दा बढी खोजी गरिएको देखाएको छ।

उक्त निरोधक चक्की अनलाइनबाट खरिद गर्ने र ह्वाट्स एप समूहहरूमा स्वास्थ्यसम्बन्धी सुझावहरू आदानप्रदान गर्ने जस्ता प्रविधि अनुकूल कदम चालेर महिलाहरू गर्भपतनसम्बन्धी कानूनी अवरोधसँग जुधिरहेका छन्।

यो तथाकथित ‘डिआइवाइ’ भनिने आफैँ गराइने गर्भपतनको आधुनिक रूप हो।

तरिका

बीबीसी विश्लेषणका अनुसार गर्भपतन पूर्ण रूपमा प्रतिबन्धित रहेका र महिलाको ज्यान जोगाउनलाई मात्र गर्भपतनका लागि अनुमति दिने कडा कानून भएका देशमा गर्भपतन प्रतिबन्ध नभएका मुलुकको तुलनामा १० गुणा बढीले अनलाइनमा माइसोप्रोसटोल नामक चक्कीबारे खोजी गरेका छन्।

गर्भपतन गराउने दुईवटा तरिका छन्- एउटा शल्यक्रिया र अर्को औषधिको प्रयोग।

सामान्यतया औषधिको प्रयोगबाट गरिने गर्भपतनमा माइसोप्रोसटोल र माइफप्रोस्टोन जस्ता चक्कीको प्रयोग हुन्छ।

गर्भपतन

र, माइसोप्रोसटोल नामक औषधिलाई साइटोटेक नामको ब्राण्डबाट पनि विक्री गरिन्छ।

ब्रिटेन जस्ता मुलुकमा चिकित्सकले त्यस्ता औषधि सेवन गर्न सल्लाह दिन्छन्।

तर गर्भपतनलाई गैरकानूनी मानिने मुलुकमा त्यस्ता गर्भनिरोधक चक्कीको अनलाइनको माध्यमबाट खोजी र खरिद गर्दा कानून मिचेकोमा कडा सजाएको भागीदार बन्नुपर्ने हुन सक्छ।

गुगलको तथ्याङ्क अनुसार घाना र नाइजेरिया त्यस्ता मुलुक हुन् जहाँ माइसोप्रोसटोल जस्ता निरोधकको अनलाइन खोजी उच्च रहेको पाइएको छ।

घानामा बलात्कार, हाडनाता करणी, भ्रूणमा खराबी भएको अथवा महिलाको मानसिक स्वास्थ्य सुरक्षाका लागि मात्र गर्भपतनको अनुमति दिने गरिन्छ।

तर नाइजेरियामा झन् कडा व्यवस्था छ र त्यहाँ महिलाको जीवन नै खतरामा भएको खण्डमा मात्र गर्भपतनको अनुमति दिइन्छ।

सजाय

माइसोप्रोसटोल जस्ता गर्भनिरोधकको अत्यधिक अनलाइन खोजी गर्ने २५ मुलुकमध्ये ११ वटा अफ्रिकाका र १४ वटा ल्याटिन अमेरिकी मुलुक रहेका छन्।

सबै तर दुई मुलुक जाम्बिया र मोजाम्बिकले या त पूर्ण रूपमा गर्भपतनलाई प्रतिबन्धित गरेका छन् या त महिलाको जीवनरक्षा वा स्वास्थ्य सुरक्षाका लागि मात्र गर्भपतन गराउन अनुमति दिन्छन्।

आयरल्याण्डमा गर्भनिरोधक चक्कीको सेवन गरेमा १४ वर्षको जेल सजायको व्यवस्था छ। तर गत मे महिनामा भएको जनमत संग्रहमा मतदाताको ठूलो हिस्सा उक्त कानूनी प्रावधान उल्ट्याउनुपर्ने पक्षमा देखियो।

गर्भपतन

उक्त कानूनमा उदारीकरणको पक्षमा रहेका आयरल्याण्डका प्रधानमन्त्री लियो भेराडकरले यसै वर्षको अन्त्यसम्ममा नयाँ प्रावधान लागु हुने अपेक्षा गरिएको बताएका छन्।

बीबीसीले हालै ब्राजिलमा सक्रिय ह्वाट्स एप ग्रुपबारे खबर प्रकाशन गरेको थियो जसमा महिलाहरूलाई उक्त गर्भनिरोधक चक्कीहरू प्राप्त गर्न र त्यस प्रक्रियामा आवश्यक सल्लाह प्रदान गरिएको उल्लेख थियो।

तीमध्ये जुलियाना (नाम परिवर्तन) एक महिला हुन् जसले ह्वाट्स एप समूहको मद्दत लिएकी थिइन्।

२८ वर्षीया उनले भनिन्, “मैले घरमा एक्लै उक्त प्रक्रिया पूरा गरेकी थिएँ र ह्वाट्स एप समूहमा आफू जोडिने समयबारे विवरण दिएकी थिएँ।”

सूचना

“मैले जसरी सोचेकी थिएँ त्यो वास्तवमै राम्रो भयो, कसरी भने उक्त समूहमा महिलाहरू एकअर्कालाई सघाउँछन्, सूचना आदानप्रदान गर्छन् र शङ्का एवम् त्रासका बारेमा छलफल गर्छन्। यसले एक प्रकारले मलाई बलियो बनायो।”

“आफू एक्लो नभएको महसुस नगर्नु सदैव राम्रो हो। उक्त समूह म सुरक्षित भएको अनुभूति गराउन मेरा लागि निकै महत्त्वपूर्ण थियो।”

गुगल तथ्याङ्कको विश्लेषणबाट अनलाइनमा धेरै खोजी भएका मुलुकहरूको विवरण मात्र प्राप्त हुँदैन।

यसबाट उक्त शीर्षकमा ठ्याक्कै कस्ता वाक्यांशको खोजी भएको थियो भन्ने कुरा समेत जान्न सकिन्छ।

बीबीसीले गरेको विश्लेषण अनुसार ‘गर्भनिरोधक चक्की’ भन्ने पदावली सबैभन्दा बढी खोजिएको छ।

दुई तिहाइभन्दा बढी मुलुकमा ‘कसरी गर्भपतन गर्ने’ भन्ने प्रश्न सबैभन्दा आमरूपमा सोधिएका थिए।

‘कसरी माईसोप्रोस्टोल प्रयोग गर्ने’, ‘माइसोप्रोस्टोलको मूल्य’, ‘माइसोप्रोस्टोल खरिद’ र ‘माइसोप्रोस्टोल लिने मात्रा’ जस्ता पदावली पनि आमरूपमा बढी खोजिएको पाइएको थियो।

गर्भनिरोधक चक्कीका अतिरिक्त महिलाहरूले गर्भपतनका वैकल्पिक विधिबारे समेत अनलाइनमा खोजी गरिरहेको पाइएको छ।

खोजी विधिमा धनियाँ, दालचिनी जस्ता जडिबुटी, भिटामिन सी, एस्पिरिन तथा हर्बल चियाको पनि धेरै खोजी गरिएको थियो।

झण्डै आधाजसो ती मुलुकमा ‘गर्भपतनका लागि घरेलु उपाय’ बारे धेरै अनलाइन खोजी भएको थियो।

अनुसन्धान

एउटा अध्ययन जसले सब-सहारा अफ्रिकामा गर्भपतन रोक्न चियाको प्रयोगबारे अनुसन्धान गरेको थियो, त्यसले केही वनस्पतिले पाठेघरमा असर गर्ने तर ती परम्परागत विधिमा धेरै समस्या रहेको उल्लेख गरिएको छ।

सुरक्षासँग सम्बन्धित तथ्याङ्क कम रहेको उल्लेख गर्दै उक्त अध्ययनले त्यसका अभ्यसकर्ताहरूलाई मात्रा नियन्त्रण र त्यसका नकारात्मक असर कम गर्नु कठिन भएको उल्लेख गरिएको थियो।

माथि उल्लेख गरिएका कुनै पनि घरेलु गर्भपतन विधिलाई विश्व स्वास्थ्य संगठनले सुरक्षित विधिको रूपमा मान्यता दिएको छैन।

विश्वभरि बर्सेनि २ करोड ५० लाख असुरक्षित गर्भपतन गराइने गरेका छन् जुन विश्व स्वास्थ्य संगठनका अनुसार कुल गर्भपतनको ४५ प्रतिशत हो।

यी दुई करोड ५० लाख गर्भपतनलाई पनि थप वर्गीकरण गरिएको छ।

गर्भपतन

चिकित्सकको सुझावमा माइसोप्रोसटोलको प्रयोगलाई साधारणतया गर्भपतनको सुरक्षित विधि मानिन्छ। तर तालिम नपाएका व्यक्तिहरूले त्यसको प्रयोग गर्दा जोखिम रहन्छ।

तालिम नपाएका व्यक्ति मार्फत उक्त विधिको प्रयोग गरिनुलाई विश्व स्वास्थ्य संगठनले “कम सुरक्षित” भनेको छ र सुरक्षित र असुरक्षित दुवैगरी लगभग एक तिहाइ अर्थात् ३१ प्रतिशत गर्भपतन माइसोप्रोसटोल प्रयोग गरिने गरिने उल्लेख गरेको छ।

“उक्त औषधिको गुणस्तर जति राम्रो भए पनि र तपाईँले त्यसको प्रयोगको विधि अक्षरशः पालना गर्दा समेत असफलताको दर पाइएको छ”, मेरी स्टोप्स इन्टरन्याशनलका विश्वव्यापी स्वास्थ्य निर्देशक धम्मिका परेरा भन्छन्।

सम्भावना

यदि कुनै पनि महिलाले अनलाइनमा गर्भनिरोधक चक्की खरिद गरिन् वा तालिम नपाएको व्यक्तिबाट त्यस्तो चक्की लिइन् भने गर्भपतन असफल हुने सम्भावना बढी रहने उनी बताउँछन्।

त्यस्ता महिलाहरू केही गलत भइहाले पनि गर्भपतनपछिको स्याहारका लागि नजाने गरेको पाइन्छ।

परेरा भन्छन्, “लाज, खर्च, भौगोलिक पहुँच सबैका कारण महिलाहरू हिच्किचाउँछन् र त्यसले उनीहरूलाई नै जोखिममा पार्छ।”

“बिस्तारै प्रगति पनि भइरहेको छ। तर भइरहेको प्रगतिमा पनि प्रश्न उठाउन सकिन्छ।”

गर्भपतन

“विश्वव्यापी रूपमै केही पछाडि फर्कने कदमहरू उदाहरणका लागि अमेरिकामा पनि चालिएका छन् तर पनि म आशावादी छु।”

बीबीसीले हालै कानूनकी विद्यार्थी आरजुको कथा सुनेको थियो।

इरानमा रहेका बेला आरजू पाँच वर्षदेखिका आफ्ना केटासाथीबाट गर्भवती भइन्।

उनीहरु सधैँ गर्भनिरोधक प्रयोग गर्थे।

पारपाचुके

उनी भन्छिन्, हरेक महिला डाक्टरको कार्यालय गएँ। म अविवाहित हुँ र गर्भपतन गर्नुपर्छ भन्ने बित्तिकै उनीहरूले तत्काल अस्वीकार गरे।

उनले नक्कली दस्तावेजहरू बनाइन् र आफ्नो पारपाचुके भएको बताएर एकजना डाक्टरलाई गर्भपतनमा सहयोग गर्न सहमत गराइन्।

उनले भनिन्, “आठवटा चक्कीका लागि उनले मलाई एउटा हात र एउटा खुट्टाको मूल्य जति असुले।”

तर औषधिले काम गरेन। आरजू अनलाइन गइन् र एउटा परोपकारी संस्थाबारे थाहा पाइन् जसले गर्भपतनमा कठाइ भएका देशहरूमा गर्भपतन गराउने औषधि पठाउने गर्थ्यो।

त्यहाँ उनले सुझाव र सहयोग पाइन् । अन्त्यमा ती डाक्टरले दिएका चक्कीले उनलाई रक्तश्राव गरायो। तर गर्भपतन भएन।

उनकी बहिनीको सहयोगमा एक हप्तापछि आरजूलाई एउटा निजी अस्पतालमा पुर्‍याइयो।

“मैले झूटो बोलेँ। मेरा श्रीमान् फ्रान्समा रहेको र मेरा कागजातहरू कतै सुरक्षित रहेको र आफूलाई सुरक्षित गर्भपतन आवश्यक परेको बताएँ।”

गर्भपतनतस्वीर कपीराइटGETTY IMAGES

खतरनाक

अस्पतालका कर्मचारीहरुले उनलाई भर्ना गर्न चाहेनन्।

पछि उनीहरूले आफ्ना कुरा पत्याएर आफूलाई भर्ना गरिदिएको उनलाई जादुझैँ लाग्छ।

उनले भनिन् “त्यति झूटो बोलेपछि र कथा बनाएपछि म भर्ना हुन पाएँ। आधा घण्टापछि गर्भपतन गर्ने प्रक्रिया शुरू गरियो। त्यो मेरो जिन्दगीको सबैभन्दा नराम्रो सपना थियो।”

गर्भपतनमध्ये करिब १४ प्रतिशत “असाध्यै कम सुरक्षित” थिए।

त्यो भनेको गर्भपतनको काम तालिम नपाएका व्यक्तिहरूबाट खतरनाक उपायहरू प्रयोग गरेर जस्तो कि जटिबुटीहरूको मिश्रण प्रयोग गरेर अथवा अन्य कुनै वस्तु प्रयोग गरेर गर्ने गरिन्छ।

यी उपाय अपनाउँदा संक्रमण हुन सक्छ र अपूर्ण गर्भपतन हुन सक्छ।

जब गर्भपतन अपूरो हुन्छ स्वास्थ्यकर्मीहरूले या त थप औषधि दिन्छन् या अवस्था हेरेर शल्यक्रिया गराउँछन्।

असुरक्षित गर्भपतनबाट आउने जटिलताका कारण हरेक वर्ष कम्तीमा २२, ८०० महिलाको मृत्यु हुने गरेको गटमाकर इन्स्टिट्युटको प्रतिवेदनमा उल्लेख छ।

बिबिसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 7 = 2