ठाँटीको पहिरोले सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा नाकाबन्दी !

  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

ओखलढुंगा, २७ जेठ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नको अभाव सुरु भएको छ । माथिल्लो सगरमाथाका तीन जिल्लालाई सडकमार्गमार्फत जोड्ने दुईवटा बाटोमध्ये कटारीबाट सोलु, ओखलढुंगा र खोटाङ जोड्ने सिद्धिचरण राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि समस्या सुरु भएको हो । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको ठाँटीमा ठूलो पहिरो गएपछि एक महिनादेखि सो राजमार्ग बन्द गरिएको छ । यी तीन जिल्लामा यही राजमार्ग हुँदै ठूला सवारी साधन आउने गर्दथे । तर सो राजमार्ग बन्द भएपछि मालबाहक सवारी तीन जिल्लामा पुग्न छोडेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको र कालोबजारी थालिएको बताए । उनले सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई राजधानीसँग जोड्ने बीपी राजमार्ग भए पनि सो राजमार्गबाट मालबाहक सवारी सञ्चालनमा रोक लगाएपछि तीन जिल्ला समस्यामा परेको बताए । सिन्धुलीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै अधिकांश मालबाहक सवारी माथिल्लो सगरमाथा पुग्ने गरे पनि अहिले सर्वोच्च अदालतको आदेशअनुसार रोकिएकाले समस्या भएको उनको भनाइ छ ।

उदयपुरको कटारीबाट ओखलढुंगा हुँदै सोलु र खोटाङमा सडक यातायातले तराईलाई जोडेको छ भने राजधानीसँग वीपी राजमार्गले यी तीन जिल्लालाई जोडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

95 − 86 =