फ्रान्स अमेरिकासँग रोकियो, स्पेनको कठिन जित

  • 405
  •  
  •  
  •  
  •  
    405
    Shares

एजेन्सी, २७ जेठ । विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्स अमेरिकासँग बराबरीमा रोकिएको छ भने स्पेनले कठिन जित हात पारेको छ । शनिबार राति खेलिएको खेलमा फ्रान्स र अमेरिकाले १–१ को बराबरी खेलेका हुन् ।

फ्रान्सले आफ्नो अधिकांश पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । तर पहिलो हाफको ४४ औं मिनेटमा गोल खाएपछि फ्रान्स खेलमा पछि परेको हो । अमेरिकाका लागि जिलियन ग्रिनले गोल गरेका थिए । ७८ औं मिनेटमा भने फ्रान्स गोल गर्न सफल भएको थियो । किलियन बाप्पेले बेन्जामिन पाभार्डको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । विश्वकप दाबेदार मानिएको फ्रान्स विश्वकप समूह ‘सी’ मा अस्ट्रेलिया, पेरु र डेनमार्कसँग रहेको छ ।

यस्तै, विश्वकपको अन्तिम तयारीमा रहेको स्पेनले ट्युनिसियालाई १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर दुबै टोलीले पाएपनि त्यसको सदुपयोग पहिलो हाफमा हुन सकेन । स्पेनको जितमा खेलको ८४ औं मिनेटमा अस्पासले गोल गरे । खेलको ७६ औं मिनेटमा जोर्डी अल्बाको स्थानमा मैदानमा छिरेका अस्पासले डिएगो कोष्टाको पासमा लेफ्ट फुटेड सट प्रहार गर्दै गोल गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = 21