‘छक्का पञ्जा ३’ सुटिङस्थलबाट बाहिरियो यस्तो दृश्य (तस्बिर)

  • 799
  •  
  •  
  •  
  •  
    799
    Shares

काठमाडौं, २७ जेठ । यतिबेला चलचित्र ‘छक्का पञ्जा ३’ को सुटिङ पश्चिम नेपालका विभिन्न रमणीय स्थलमा भइरहेको छ । डेढ महिनाको सुटिङका लागि चलचित्र युनिट नै अहिले पश्चिमतिर छ । आगामी दसैंमा रिलिज हुने चलचित्रको सुटिङ अन्तिम अन्तिममा पुगेको बताइन्छ ।

यसैक्रममा आइतबार बिहान कलाकार निर्माता दीपकराज गिरीले चलचित्रको पहिलो दृश्य भन्दै एउटा तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन् । जसमा दीपकराज, जितु नेपाल, केदार घिमिरे र बुद्धि तामा एक्सन अवस्थामा छन् भने निर्देशक दीपाश्री निरौलाले हातले क्यामेराको लेन्स मिलाउँदै गरेको देखिन्छ ।

चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरिरहेकी छन् । चलचित्रको विषयवस्तुबारे अहिलेसम्म कुनै जानकारी गराइएको छैन । तर, चलचित्र कमेडी जनरामा बनेको र केही एक्सनका दृश्य पनि राखिएको बताइएको छ ।‘छक्का पञ्जा ३’ मा दीपिका प्रसाई, प्रियंका कार्की, सञ्जोग कोइराला, शिवहरि पौड्याललगायतको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 40