करिश्मा, रेखा र विपनाको प्रेमिल तस्बिर

  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares

काठमाडौं, २७ जेठ । नेपालमा मात्र होइन, संसारका अन्य देशमा पनि कलाकारहरूबीच आपसी सम्बन्ध सौहार्द रहेको पाइन्न । अझ समकालीन कलाकारबीच त निकै प्रतिस्पर्धा हुने गरेको छ । सुटिङको सेटमा बोल्ने भए पनि पछाडि कुरा काट्ने नायक नायिकाको संख्या नेपालमा कम छैन ।

तर, पुराना तीन नेपाली नायिकाको एउटा तस्बिरले माथिका कुरालाई गलत सिद्ध गर्न खोजेको देखिन्छ । अभिनेत्री करिश्मा मानन्धरले आइतबार बिहान फेसबुकमा केही तस्बिर सार्वजनिक गरेकी छन् । पार्टी टाइम भनेर रेखा थापा र विपना थापासँग करिश्माले फोटो खिचाएकी छन् । कलाकार अनुपमा श्रेष्ठको शनिबार परेको जन्मदिनको विशेष कार्यक्रममा पुराना तीन अभिनेत्रीले तस्बिर खिचेका हुन् । जसमा नायिका थापा बीचमा छिन्, उनले दायाँ र बायाँ रहेका रेखा र करिश्माको गालामा हात राखेकी छन् । तस्बिर निकै प्रेमिल लाग्छ ।

विपना केही दिनअघि मात्रै भारतको मथुराबाट नेपाल आएकी हुन् । रेखा भने करिब एक महिना लामो चलचित्र ‘मालिका’ को सुटिङबाट काठमाडौं फर्केकी हुन् । करिश्मा भने अहिले कक्षा १० मा अध्ययनरत छिन् । कार्यक्रममा रेखाले विपना थापालाई चलचित्र अभिनयमा फर्किन आग्रह गरेकी थिइन् । रेखा र विपनाले सँगै अशोक शर्माको ‘मितिनी’ चलचित्रमा अभिनय गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 69 = 77