कपिल अब छिट्टै टीभी सोमा देखिने

  • 210
  •  
  •  
  •  
  •  
    210
    Shares

एजेन्सी, २७ जेठ । पछिल्लो केहि समय देखि विवादमा मुछिएका कपिल शर्मा टेलिभिजन सोमा देखिने भएका छन् । उनी जति विवादीत छन् त्यो भन्दा बढी उनको मित्रता पनि कायम नै छ ।

‘फ्यामिलि टाइम विद कपिल शर्मा’ कार्यक्रम लञ्च भए लगतै ब्रेकअप भएका कपिल सामाजिक सञ्जालमा हराएजतिकै भएका थिए तर भर्खरै मात्र उनी सामाजिक सञ्जालमा देखिन थालेका छन् । केहि दिन अघि मात्र उनी ट्वीटरमा फर्किए र आफ्ना प्रशंसकलाई हालखबर सोधेका छन् । कपिलले आफ्नो जीवनशैली परिवर्तन गरिरहेको पनि जानकारी दिए ।

कपिललाई धेरै समयपछि ट्वीटरमा देख्दा उनका प्रशंसक खुसी देखिन्थे । यद्यपी, कपिल एक कारणसहित ट्वीटरमा फिर्ता भएका हुन् । आफ्ना साथी ज्यूस र रंधावाको नयाँ गीत प्रोमोट गर्ने क्रममा प्रशंसकलाई उनीहरुको हालखबर पनि सोधेका हुन् । ट्वीटरमा गरिएको कुराकानीबाट उनी चाँडै नै सानो पर्दामा देखिने सम्भावना देखिन्छ । उनले आफू चाँडै नै सानो पर्दामा फिर्ता हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 32