अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानमा चुनाव भिड्दै

  • 501
  •  
  •  
  •  
  •  
    501
    Shares

एजेन्सी,जेठ २७ । बलिउड अभिनेता शाहरुख खानको काकाको छोरी नुर जेहानले पाकिस्तानको संसदीय चुनावमा भाग लिएकी छन् ।जुलाई २५ मा हुने संसदको चुनावमा उनी पाकिस्ताको पेशावर शहरको उम्मेदवार बनेकी हुन । उनले महिला सशक्तिकरणाम काम गर्ने गरी चुनावमा भाग लिएको बताएकी छन् ।

आफूले संविधानमा रहेका समस्याको बारेमा पनि आवाज उठाउने बताएकी छिन् । जेहान र शाहरुखबीच घनिष्ठ सम्बन्ध छ । उनी दुई पटक बलिउड सुपरस्टार शाहरुख खानलाई भेट्न भारत आएकी थिइन् ।

सन् १९४७ मा भारत–पाकिस्तानको विभाजनमा शाहरुखमा बुबा मिरताज मोहम्मद दिल्ली आएका थिए । तर उनका भाइ गुलाम मोहम्मद पाकिस्तानमै बसेका थिए । गुलाम मोहम्मदका दुई छोरा मन्सुर खान, कमसुद खान र एक छोरी नुर हुन् । सन् १९७८ मा शाहरुख खान पहिलो पटक आफ्ना बुबासँग पाकिस्तानको पेशावर पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 52 = 58