नेपाल प्रहरीमा अब प्राविधिकसहित चार एआईजी, गृहमन्त्रीको क्रान्तिकारी छलाङ

  • 200
  •  
  •  
  •  
  •  
    200
    Shares

काठमाडौं, २७ जेठ । नेपाल प्रहरीमा अब एक प्राविधिकसहित चारजना मात्र एआईजीको दरबन्दी रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक प्राविधिकसहित चारजना एआईजीको दरबन्दी रहने मस्यौदा स्वीकृत गरेको हो ।

बैठकले प्रादेशिक संरचनानुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय पनि गरेको छ । यसअघि गृह मन्त्रालयले प्राविधिकसहित पाँच एआईजीको दरबन्दीका लागि सिफारिस मागेको थियो ।

राजनीतिक नेतृत्वको भागबन्डा मिलाउने क्रममा कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको थियो । सुशील कोइराला नेतृत्वको सरकारले भागवण्डा मिलाउन एआईजीमा नौजनालाई बढुवा गरेको थियो । त्यसमा नपरेका चारजनाले हालेको मुद्दामा सर्वोच्चले बढुवा गर्न आदेश दिएपछि १३ जना पुगे । त्यसबेला एआईजी भएकाहरुले अवकास पाएपछि हाल प्राविधिकतर्फका एक जना मात्र कार्यरत छन् । नयाँ बढुवा भएको छैन । संघीय प्रहरी ऐनको मस्यौदाका क्रममा नौ एआईजी राख्ने गृहकार्य भएको थियो ।

अब उपत्यकामा डीआईजी, ट्राफिक र एयरपोर्टमा एसएसपी रहने भएका छन् । यसअघि तीनवटै निकायमा डीआईजी हुने गर्थे । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीको संरचनामा क्रान्तिकारी सुधार गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 36