दिलिपकी छोरीको कहिले हुन्छ फिल्ममा डेब्यु ?

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौँ,२७ जेठ । नेपाली सेलिब्रेटीका छोराछोरीहरुको फिल्ममा डेब्यु गर्ने होडबाजी चलेको बेला सुन्दरताको निकै चर्चा पाएकी नायक दिलिप रायमाझीको छारी दिब्या रायमाझिले कहिले फिल्ममा डेब्यु गर्लिन भन्ने चासोको विषय बनेको छ । दिब्या सपपरिवारसँग अमेरिका बस्दै आएकी छन् ।

नायिका झरना थापा, करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ लगायतका छाराछोरी फिल्ममा डेब्यु गर्ने तयारीमा रहेका छन् । कबिता मानन्धर , सुहाना थापा , शक्ति श्रेष्ठ लगायका सेलिब्रेटीहरुको छोरछोरी जतिकै चर्चामा रहेकी अर्की एक सेलिब्रेटी हुन् दिब्या राईमाझी । चर्चित अनि लोकप्रिय नायक दिलिपको एक मात्र सन्तान दिब्याको सुन्दरताको चर्चा सुरुदेखि नै हुदै आएको थियो । कविता र सुहानाको डेब्यु हुन लागिरहेको अवस्थामा दिब्याको पनि डेब्युको प्रतिक्षा गरिएको छ ।

शरिर र सुन्दर रुप भएकी दिब्यालाई पहिलेदेखि नै अफरहरु आउने गरेको भएपनि उनले पढाइको कारण फिल्ममा काम नगरेको बताइन्छ । त्यसकारण पनि उनले फिल्ममा खेल्छिन खेल्दिनन् भन्ने बारे कुनै चर्चा छैन् । उनको सुन्दरताको कारण पनि उनलाई धेरैले नायिका हुने योग्य रहेको टिप्पणी गर्ने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =