अभिनेत्रीको नाङ्गो तस्बिरले हंगामा

  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

काठमाडौं । सन्, २०१२ मा फ्रान्सको एउटा प्रकाशन गृहले इरानी अभिनेत्रीको नाङ्गो तस्बिर प्रकाशन गर्यो । माथि राखिएको इरानी अभिनेत्री गोल्सिफ्टे फरहानीको तस्बिरले विश्वभर सनसनी मच्चाएको थियो ।

इरानको फिल्म उद्योग स्वतन्त्र भए पनि धार्मिक र कानुनी सीमाको दायरामा रहेका कारण त्यहाँ नाङ्गो तस्बिर खिचाउन मनाही छ ।

अभिनेत्री फरहानीको यो कदम इरानको सांस्कृतिक मान्यताका लागि ठूलो चुनौति थियो । मुस्लिम प्रधान मुलुक भएका कारणले अभिनेत्री फरहानीको यो कदम त्यहाँको स्वतन्त्र फिल्म उद्योगका लागि दबाबको कारणमात्र बनेन, राज्यको अंकुश कायम गर्ने आधार पनि बनिदियो ।
फरहानीले आफ्ना स्तनलाई प्रस्ट देखिने गरी फ्रान्सको ‘म्याडम ले फिगारो’ म्यागेजिनका लागि कभर तस्बिर खिचाएकी थिइन् । उक्त तस्बिरमा उनले आफ्नो स्तन हातले पनि छोपेकी थिइन् । एउटा सानो भिडियोमा धेरैले कपडा खालेको थिए, फरहानीले आफ्नो माथिल्लो भागको कपडामात्र खोलेकी थिइन् । जुन इन्टरनेटमा भाइरल भएको थियो ।

३४ बर्षिया इरानकी चर्चित अभिनेत्री फरहानी संगीतकार पनि हुन् । ६ वर्षको उमेरदेखि नाटकबाट करिअर सुरु गरेकी फरहानी १४ वर्षको उमेरमा फिल्म अभिनयमा लागेकी थिइन् । उनले बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव २००९ मा अवार्ड समेत पाएकी थिइन् ।

उक्त तस्बिरले सामाजिक सञ्जालमा २४ घन्टामा ठूलो क्रान्ति नै ल्याएइदिएको थियो । हजारौं मानिसले भिडियो र तस्बिर सेयर गरेका थिए । अभिनेत्रीको ठूलो साहस भएको र इरानको तानाशाही मान्यताको कानुनविरुद्ध क्रान्ति भएको विश्वभरबाट प्रतिक्रिया आएको थियो ।

इरानी अभिनेत्री मेलिकाले सामाजिक सञ्जालमा राखेको हट तस्बिर

उनको यो तस्बिरको तीन दशकदेखि इरानका महिलाहरूका लागि अनिवार्य गरिएको हिजाब ९घुम्टो०विरुद्धको सही कदम भनियो । इरानको फिल्म उद्योग ठूलो भए पनि इस्लामिक नैतिकता र मान्यताका आधारभित्र राखिने गरेका कारण यो तस्बिरको आलोचना पनि भयो । केही समिक्षकहरूले फरहानीको प्रकाशित भएको तस्बिर कन्ट्रोभर्सीयल बनाएर इरानको मान्यता र संस्कृतिमाथि प्रहार भएको पनि टिप्पणी गरे । जसले इरानको फिल्म उद्योगलाई घाटा पुगेको बताइयो ।

सन् १९९७को क्रान्ति पछि फरहानी इरानबाट नग्नता प्रस्तुत गर्ने पहिलो अभिनेत्री भने थिइनन् । २००६ मा इरानका फिल्म निर्देशक मोहसेन मख्मलबाफले निर्देशन गरेको ‘स्क्रिम अफ इन्टस्’मा टेलिभिजनकी चर्चित अभिनेत्री लुना साद पनि नाङ्गो रूपमा देखा परेकी थिइन् । जसलाई इस्लामिक क्रान्तिको खिलाफ पनि भनिएको थियो ।

इरानमा प्रायजसो यस्ता अभिनेत्रीहरू विदेशमा पुगेर नांगिने क्रम कम छैन । मिस इरान २००९ मेलिका अमिना भारत र नेपालसम्म आएर नाङ्गो तस्बिर खिचाउनेमा पर्छिन् । उनी अहिले पनि सामाजिक सञ्जाल र युट्युव च्यानलमा आफ्नो बोल्ड अवतारलाई सविस्तार देखाउन तयार हुन्छिन् । कतिसम्म भने भारतबाट होस्ट गरिएको युट्युव च्यानलमा उनले ‘सेक्स’ सम्बन्धि क्रिया र प्रतिक्रियाको कार्यक्रम पनि होस्ट गरिन् ।

केही समयअघि नेपाल आएकी उनी हिन्दु धर्म र यहाँको स्वतन्त्रतामा मन्त्रमुग्ध भएको बताएकी थिइन् । उनी लामो समय भारतमा बसिन् ।
आणविक भट्टी र हतियारका लागि विश्वसमुदायमा प्रचलित नाम हो इरान ।

जसले विश्वकप फुटबलमा एसीयाको प्रतिनिधित्व पनि गर्दैछ । तर त्यहाँको कानुनले महिला मानव अधिकारलाई बाँधेर राखेका कराणले बेलामौका डिजिटल मिडिया, म्यागेजिनमा यस्ता क्रान्तिपूर्ण अभिव्यक्ति तस्बिर र फिल्ममार्फत आउने गरेका छन् ।
–एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 89 = 91