सञ्जय कपुरसँग डिभोर्स गरेर बसेकी करिश्मा पुनः विवाहको चक्करमा

  • 807
  •  
  •  
  •  
  •  
    807
    Shares

एजेन्सी, २७ जेठ । सन् २०१६ मा सञ्जय कपुरसँग डिभोर्स गरेर बसेकी अभिनेत्री करिश्मा कपुर फेरि विवाहको चक्करमा लागेकी छन् । उनले विजनेसम्यान सन्दिप तोशनीवालासँग विवाह गर्न लागेको खबर भारतीय मिडियामा सार्वजानिक भएको छ । फिल्म क्षेत्रमा विवाह र डिभोर्सलाई सामान्य जतिकै मानिदै आएको बेला करिश्माले चाडै सन्दिपसँग विवाह गर्ने कुरा बाहिरिएको हो ।

तर, करिश्माका बुवा रणधीर कपुर भने छोरीले अब बिहे नगर्ने दाबी गरेका छन् । एक अन्तरवार्तामा उनले सन्दीपसँग करिश्माको अफेयर रहेको कुरा पनि अस्वीकार गरे । उनी भन्छन्, ‘करिश्मा फेरि अर्को परिवार सुरु गर्न चाहन्न् । यो कुरा उनले मलाई भनिसकेकी छन् ।’ सन्दीप करिश्माको राम्रो साथी मात्र भएको रणधीरले बताए ।‘उनीहरु एकसाथ ह्याङआउट गर्छन्, ठिक छ । तर यसको मतलब प्रेममा छन् भन्ने होइन,’ उनले भने ।

यद्यपी भारतीय सञ्चार माध्यममले भने सन्दीपसँग बिहेको अन्तिम तयारीमा रहेको खबर उल्लेख गरेको छ । सन्दीपले करिश्माको लागि मुम्बईको जुहू इलाकामा एउटा घर पनि किनिसकेका छन् । सन्दीप पनि डिभोर्सी हुन् । उनले आफ्नी पत्नी आश्रीता मानसिक रोगी भएको भन्दै डिभोर्स केस फाइल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4