ट्रम्पलाई भेट्न सिंगापुर पुगे उत्तर कोरियाली शासक किम जोङ उन

  • 166
  •  
  •  
  •  
  •  
    166
    Shares

काठमाडौं, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली शासन किम जोङ उन सिंगापुर पुगेका छन्।

उनलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए र उनले किमसँगको एउटा तस्वीर सामाजिक सञ्जाल ट्विटरमा राखेका छन्। राष्ट्रपति ट्रम्प पनि शिखर बैठकका लागि त्यसतर्फ गइरहेका छन्।

ट्रम्पले किमसँगको शिखर वार्ता शान्तिका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन्। आफ्ना वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरूसहित किम सिंगापुर पुगेको समाचारमा जनाइएको छ।

दुई नेताबीच सिंगापुरस्थित एउटा होटलमा मंगलवार भेटवार्ता हुनेछ। बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हुनेछ।

यसअघि ट्रम्पले वार्ताबाट केही हुने अथवा नहुने कुरा आफूले एक मिनेटभित्रै थाहा पाइहाल्ने बताएका थिए। वाशिङटन उत्तर कोरियालाई निश्शस्त्रीकरणका लागि सहमत गराउन खोजिरहेको छ।

सोलस्थित बीबीसी संवाददाता भन्छन्, सीमा वारिपारि बस्ने दुई कोरियाका नागरिकहरू दुर्लभ शिखर वार्ताले करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौताका लागि कम गर्न अग्रसर गराउने विश्वास लिएका छन्। बीबीसीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 20