म्याग्जिन कभर पेजको फोटो सुटमा व्यस्त जाहन्वी

  • 82
  •  
  •  
  •  
  •  
    82
    Shares

एजेन्सी,२७ जेठ । केहि समय अघि निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपुर म्याग्जिनको लागि फोटो सुटमा व्यस्त रहेकी छन् । श्रीदेवीको निधनपछि उनी फिल्म ‘धड्क’ मा इशान खट्टरका साथ डेब्यु गर्न लागेकी हुन ।

जाहन्वीले आफ्नो इन्स्टाग्राममा फोटोसुटको भिडियो सार्वजनिक गर्दै केही समय पछि बजारमा आउने म्याग्जिनको कभर पेजको लागि फोटो सुटमा व्यस्त रहेको बताएकी छन् । उनले म्याग्जिनको लागि फरक फरक लुकमा आफुलाई प्रस्तुत गरेकी छन् । फेसनको अर्थ आफ्नी आमा श्रीदेवीबाट सिकेको बताउँदै आएकी जाहन्वीले बलिउडमा आफुलाई मन पर्ने अभिनेत्रीहरु नूतुन, मधुबाला, वहीदा रहमान र मीना कुमारी रहेको समेत खुलासा गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 75 = 83