सलमान खानको हत्या गर्न तयार रहेका डन सम्पत नेहरा पक्राउ

  • 409
  •  
  •  
  •  
  •  
    409
    Shares

एजेन्सी,२७ जेठ । बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

उनलाई हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्येक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजना अुनसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका थिए ।

यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएको थियो । लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, र सुपारी लिएर हत्या गरिएका दुई दर्जनभन्दा बढि अभियोग छन् ।

नेहराको आगामी निशानामा रहेका थिए सलमान खान । यसैका लागि उनले सलमानको घरको घेरिरहेका थिए । कालो हरिण प्रकरणकै कारण सलमानको हत्या गर्ने षडयन्त्र रचिएको हो । उनी सलमानलाई मारेर विदेश भाग्ने तयारीमा रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 3 = 6