नेयमार पूर्ण फिट हुँदा ब्राजिल थप बलियो

  • 829
  •  
  •  
  •  
  •  
    829
    Shares

काठमाडौं, २७ जेठ । फेब्रुअरीमा घाइते भएका ब्राजिलका स्टार नेयमार जुनियर पूर्णरुपमा फिट भएका छन् । तीन महिना मैदान बहिरै रहेका उनले गत साता भएको क्रोसिया विरुद्धको खेलमा कमब्याक गरेका थिए । उक्त खेलमा उनले एक उत्कृष्ट गोल समेत गरेका थिए ।

ब्राजिलका प्रशिक्षक टिटेले नेयमार पूर्णरुपमा फिट भएको र आफ्नो टोली थप बलियो भएको बताएका छन् । उनले आज राति हुने अष्ट्रिया विरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती लाइनअपमा नेयमारलाई राखेका छन् । नेयमार पूर्णरुपमा फिट हुँदा छैटौं पटक विश्वकप जित्ने ब्राजिलको अभियान थप बलियो भएको विश्लेषण भइरहेका छन् ।

विश्वकपको समुह इ मा रहेको ब्राजिलले सर्विया, कोस्टारिका र स्विट्जरल्याण्डसँग खेल्नेछ । ब्राजिलले पहिलो खेल भने जुन १७ मा स्विट्जरल्याण्डसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 28