‘सिम्बा’मा प्रहरी अधिकारी बन्दै रणवीर

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

एजेन्सी,२७ जेठ । बलिउड अभिनेता रणवीर सिंह फिल्म ‘सिम्बा’मा प्रहरी अधिकारीको रुपमा देखिने भएका छन् । फिल्म ‘पद्यावत’ मा अलाउद्दिन खिल्जीको रुपमा सबैको मन जितेका रणवीरले रोहित शेट्टीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सिम्बा’ बाट पनि दर्शकको मन जित्ने तयारी गरिरहेका बताएका छन् ।

निर्देशक शेट्टीले फिल्ममा रहेको उनको पात्रको गेटअप पोष्ट गर्दे पात्र सार्वजनिकीकरण गरेका हुन्। फिल्ममा अजयको विशेष भूमिका रहनेछ। फिल्ममा कस्तो कथा रहने बारेमा केहि सार्वजनिक नभएपनि भारतीय संचारमाध्यमहरूले सुपरहिट तेलेगु फिल्म टेम्परको रिमेक भएको अनुमान लगाएका छन्। फिल्म रिमेक भएको खण्डमा फिल्मले एक भ्रष्ट प्रहरी अधिकारीको कथा भन्नेछ।

फिल्ममा रणवीरको जोडी सैफअलि खानकी छोरी सारा अलि खान बनेकी छन् । सिम्बा यसै वर्ष डिसेम्बर २८ मा रिलिज हुने प्रारम्भिक अनुमान छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =