आमाले चप्पलले हिर्काउँदै घरबाट निकालिएकी अभिनेत्री अमिषा पटेल के गर्दै छिन्

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

एजेन्सी,२७ जेठ । फिल्म करिअरमा पारिवारिक सपोर्ट नपाएकी अमिषा पटेल सधै पारिवारिक विवादमा रहिन । उनले सम्पत्तीको विषयमा आमबुबासँग ठूलो विवाद समेत खेप्न प¥यो । यति सम्मकी उनकी आमाले उनलाई चप्पलले हिर्काउँदै घरबाट निकालेकी थिइन । तर पछिल्लो समयमा भने पारिवारिक सम्बन्ध राम्रो बनेको छ ।

अमिषाले बलिउडमा निकै सुपरहिट फिल्महरुमा समेत अभिनय गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘कहो न प्यार है’, ‘गदर एक प्रेम कथा’, ‘हमराज’ जस्ता चर्चित फिल्महरुमा सफल अभिनय गरेकी थिइन ।

त्यसै कारण आफ्नो करियर बनाउन सफल रहेकी अमिष फिल्म ‘भुल भुलैया’ र ‘रेस २’ मा समेत काम गरेकी छन् । केहि समय पछि उनका सुपरहिट फिल्महरु रिलिजमा आउँदैछन् । फिल्म ‘भैयाजी सुपरहिट’ र ‘देशी क्याजिक’मा उनको अभिनय देख्न सकिनेछ ।

४२ वर्षीय अमिषा अझै पनि अविवाहित छिन् । फिल्मकर्मी विक्रम भट्टसँग उनको अफेयर चलेको थियो । तर ५ वर्षको लामो सम्बन्धपछि उनीहरु छुट्टिएका थिए । त्यसपछि लण्डन बेस्ट व्यापारी कनव पुरीसँग पनि अमिषाको अफेयर चलेको थियो । तर विस्तारै उनीहरुको सम्बन्धमा पनि चिसिदै गएको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

44 − 39 =