राजन थपलियाको पुस्तक ‘१०० प्रतिशत लाइफ’ सगरमाथाको चुचुरोमा विमोचन

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

काठमाडौं, २८ जेठ । अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक ‘१०० प्रतिशत लाइफ’ अर्थात् सतप्रतिशत जीवन विश्वको सर्वोच्च शिखर सगरमाथामा विमोचन भएको छ ।

६ पटक सगरमाथामा सफलतापूर्वक पाइला टेकका मार्गदर्शी आङ दावा शेर्पाले गत मे १८ शुक्रबार बिहान ८ बजे थपलियाको पुस्तक सगरमाथामा विमोचन गरेका हुन् । सगरमाथामा विमोचन गरिएको नेपाली आप्रवासीको यो पहिलो पुस्तक हो ।

‘१०० प्रतिशत लाइफ’ नर्थ क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकाशित पुस्तक हो । पुस्तकमा मान्छेको जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित दर्जन पुस्तक प्रकाशन भइसकेका छन् ।

उनले थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, चेन्ज योर्स फ्युचर्स, इन आवर कन्ट्री, द ओल्ड म्यान एण्ड डग, द सेक्रेट मिलेनियर, लाइफ इज नट इजी, रिजोइस, रिजोइस टु, स्वीट स्पिचेस, हन्ड्रेड पर्सेन्ट लाइफ र फिफ्टी पÞmाइव इयर्स जस्ता पुस्तक लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 40