ट्रम्प–किम वार्ता, ‘स्थायी शान्ति स्थापना संयन्त्र’ मा उत्तर कोरियाको जोड रहने

  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

एजेन्सी, २८ जेठ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तामा ‘स्थायी शान्ति स्थापना संयन्त्र’ का विषयमा आफ्ना नेता किम जोङ उनले छलफल गर्ने योजना बनाएको जनाएको छ । किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन् ।

उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले ‘स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्र’का विषयमा छलफल गर्ने बीबीसीले जनाएको छ । दुई पक्षबीच कोरियाली प्रायद्वीपमा ‘परमाणु अस्त्र निःशस्त्रीकरण’ र ‘आपसी हित’का विषयमा छलफल हुने भनिएको छ ।

‘अब एउटा परिवर्तित युग सुरू भएको छ,’ विज्ञप्तिमा भनिएको छ । किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =