‘छक्का पञ्जा ३’ को नायिकामा स्वस्तिमा खड्का, बन्दैछ मल्टिस्टारर चलचित्र

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौं, २८ जेठ । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ चलचित्र मल्टिस्टारर बन्दैछ । अहिलेसम्म चल्तीका एक दर्जन कलाकारको जमघट चलचित्रमा भइसकेको छ ।

‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, शिवहरि पौड्याल, किरण केसीलगायतको अभिनय रहेको छ । यसैमा थपिएकी छन्, सुन्दरी नायिका स्वस्तिमा खड्का । उनी यसअघि बनेको ‘छक्का पञ्जा २’ मा पनि थिइन् । चलचित्रको अहिले लमजुङको घलेगाउँमा सुटिङ भइरहेको छ ।

कलाकार जितु नेपालले फेसबुकमार्फत स्वस्तिमा खड्का पनि ‘छक्का पञ्जा ३’ टिममा रहेको तस्बिर सार्वजनिक गरेका हुन् । तर, चलचित्र कमेडी जनरामा बनेको र केही एक्सनका दृश्य पनि राखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4