चीनको बक्स अफिसमा  रेकर्ड तोड्दै अक्षयकुमारको फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’

  • 265
  •  
  •  
  •  
  •  
    265
    Shares

एजेन्सी, २८ जेठ । बलिउड बक्स अफिसमा रेकर्ड तोड्दै गरेको अक्षयकुमारको फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ले चीनमा राम्रो कमाइ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

उक्त फिल्मले चीनमा पहिले र दोस्रो दिनमा नै राम्रो आम्दानी गर्न सफल भएको बलिउड फिल्मको रेकर्ड नै तोडको हो ।

फिल्मले पहिलो दिनमा नै १५ करोड ९४ लाख भारुको कारोबार गरेको थियो  करिब ५ लाख दर्शकले पहिलो दिन अक्षयकुमारको फिल्म हेरेका हुन । चीनमा एकै दिनमा ५६ हजारभन्दा ज्यादा हलमा फिल्म लाग्ने गर्छन् ।

२०१८ मा चीनमा बलिउड फिल्महरू ‘बजरंगी भाइजान’, ‘दंगल’, ‘हिन्दी मिडियम’, ‘सेक्रेट सुपरस्टार’, र ‘बाहुबली–२’ रिलिज भएका थिए । अक्षयको फिल्म ‘ट्वाइलेट–एक प्रेम कथा’ छैटौँ बलिउड फिल्म हो । केही समयअघि भारतमा रिलिज भएको यस फिल्मले १ सय ४५ करोड भारतीय रुपैयाँको कमाइ गरेको थियो ।

श्रीनारायण सिंहको निर्देशनमा बनेको यस फिल्ममा अक्षयकुमार र भूमि पेडनेकर प्रमुख भूमिकामा छन् । फिल्म वास्तविक घटनामा आधारित रहेर बनाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2