यस्तो थियो सम्पतको सलमान हत्या गर्ने योजना

  • 114
  •  
  •  
  •  
  •  
    114
    Shares

एजेन्सी, २८ जेठ । विश्वनोइ ग्याङ्ग समूहका सुटर सम्पत नेहराले अभिनेता सलमान हत्या गर्न बनाएको योजना प्रहरीले असफल बनाएको छ ।

२ महिनादेखि मुम्बाईमा रहेर सलमानको निगरानी गरेको ग्याङ्स्टार सम्पतले बताएका छन् । सलमान आउने–जाने समय र उनको सुरक्षाकर्मीको बारेमा समेत उनले  जानकारी लिएसकेका थिए। नेहराविरुद्ध यसअघि नै हत्या, अपहरण र सुपारी लिएर हत्या गर्दै हिडेकोसहित दुई दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन्।

यसअघि राजस्थानका ग्याङ्गस्टर लरेन्स विश्नोईले गएको ६ जनवरीमा खुलेयाम सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए। यो धम्की दिनुको कारण १९९८ मा कालो हरिण शिकार मामिलासँग सम्बन्धित छ। जसमा सलमान अदालतबाट दोषी ठहरिसकेका छन्। हरिणलाई विश्नोई समुदायले पुज्ने गर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 18