फिल्म ‘ब्रम्हास्त्र’मा रोमान्स गर्दै रणवीर र आलिया

  • 192
  •  
  •  
  •  
  •  
    192
    Shares

एजेन्सी, २८ जेठ । केहि दिन अघि फुटबल म्याचको क्रममा घाइते भएका बलीउड अभिनेता रणवीर कपूर फिल्म ‘ब्रम्हास्त्र’मा आलिया भट्टसँग रोमान्स गर्ने भएका छन् ।

यस फिल्ममा रणवीर , अमिताभ तथा आलियाको महत्वपूर्ण भूमिका रहने छ । रणवीरले आफुलाई चोट लागे पनि उनले फिल्म निर्माताहरुसँग गरेको सम्झौतालाई पूरा गर्दै कामलाई निरन्तरता दिइरहेका छन् ।

रणवीर कपूरले चोटका कारण काम रोक्न नचाहेको बताएका छन् । आफूले गरेको प्रतिवद्धतालाई ध्यानमा राख्दै उनी यतिबेला कामलाई नै महत्व दिइरहेका छन् भने आफूलाई छिटो निको पार्न तथा फिट बनाउन समयमा औषधिसमेत लिइरहेका छन् । क्लबमा सेलिब्रेटीहरुको फुटबल प्रतियोगिता भएको थियो ।

सोही क्रममा उनलाई चोट लागेको हो । कपूरले फिल्म ‘सञ्जु’ मा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन । जसका लागि उनले सञ्जयको जस्तो हाउभाउ, लवजका लागि तालिम समेत लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 1