दिवंगत श्रीदेवीको छोरी जाहन्वीको डेब्यु फिल्म ‘धड्क’ को ट्रेलर रिलिज

  • 315
  •  
  •  
  •  
  •  
    315
    Shares

एजेन्सी,२८ जेठ । केहि समय अघि निधन भएकी अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वीको डेब्यु रहेको फिल्म ‘धड्क’ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा शाहिद कपुरका भाइ इसान र जाहन्वीलाई जोडीको रुपमा रहेको देख्न सकिन्छ ।

जान्ह्वी श्रीदेवी छोरी भएको कारणले मात्र नभई उनको आफनै सुन्दरताको कारण पनि चर्चामा रहँदै आएकी छन् भने इसानले यस अघि ‘बियोण्ड द क्लाउड’ मा अभिनय गरिसकेका छन् । करण जौहरको निर्माणमा बनेको ‘धडक’ मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक हो । जुन फिल्ममा अनर किलिङको कथालाई उठान गर्नेछ । ससाङ कैतनको निर्देशन रहेको ‘धडक’ जुलाई २० मा रिलिज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7