कर्तव्य ज्यान मुद्दा लागेर फरार रहेका अभियुक्त पक्राउ

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

गाईघाट, उदयपुर, २८ जेठ ।  कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डी नगरपालिका– ५ बस्ने ५० वर्षीय रामेश्वर चौधरी रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय सुन्दरपुरको गस्ती टोलीले चौधरीलाई गाउँको एक घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरिएका चौधरीलाई एक वर्षअघि नै जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दासम्बन्धी जेलसजायको फैसला गरिसकेको कारण अब जिल्ला कारागार उदयपुर पठाइन लागेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 − = 37