अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच ऐतिहासिक शिखर वार्ता

  • 275
  •  
  •  
  •  
  •  
    275
    Shares

एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उन ऐतिहासिक शिखर वार्तामा सहभागी भएका छन् । एक महिनाअघिसम्म पनि कसैले नसोचेको शिखर बैठकमा एक दुवै देशका नेता सहभागी भएका हुन् ।

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाए । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे । त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागे । दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूचीसहित दिवाभोजमा सहभागी हुँदैछन् ।

वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन् । वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता ‘राम्रो तरिकाले अघि बढेको’ बताएका थिए ।

त्यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि ‘एक पटकको अवसर’ भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ = 10