सात सय पाउण्ड पर्ने सुनको झोला बोकेर विश्वकप खेल्न रसिया पुगे नेयमार

  • 7.7K
  •  
  •  
  •  
  •  
    7.7K
    Shares

काठमाडौं, २९ जेठ । ब्राजिलको राष्ट्रिय टोली छैटौं पटक विश्वकप जित्ने अभियानका साथ सोमबार रसिया पुगेको छ । ब्राजिलको विश्वकप जित्ने आशा ब्युत्याउदै ’गोल्डेन बोए’ नेयमार आइतबार रसिया आइपुगेका छन् ।

उत्कृष्ट लयमा रहेका उनले विश्वकप प्रभाशाली प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । विश्व फुटबलको पावर हाउस ब्राजिल र त्यसका प्रमुख सदस्यका हिसाबले अहिले उनको चर्चा चुलिएको छ । तर, उनको चर्चा यतिमा मात्रै सिमित छैन ।

विश्वकप खेल्न रसियाको सोचि विमानस्थलमा अवतरण गर्दा उनले सात सय पाउण्डको आफ्नै डिजाइनको गोल्ड ब्याग पनि झल्काएका थिए । पैसाको हिसाबले नेयमारका लागि त्यो ब्यागको मूल्य समुन्द्रमा एक थोपा पानी जस्तै होला, तर उनले जसरी त्यो ब्याग बोके त्यसले यस्ता बस्तुप्रति उनको मोह पनि देखाउँछ । उनले आफ्नो पछाडि भिरेको नर्डस्ट्रोम ब्यागप्याक उनको परिवार प्रतिको सम्मान पनि हो, जसमा पनि सुन जडित थियो ।

पिएसजीका स्टार नेयमारले आफ्नो आमा, बुवा, छोरी र छोराको तस्विर पनि कोरेका छन, जसले उनलाइ उनीहरुको लागि खेलिरहेको सम्झना गराउने छ ।

ब्राजिल रसिया विश्वकपको प्रमुख दावेदार हो । विश्वकप अघिका अभ्यास खेलमा अष्ट्रिया र क्रोसियामाथि सहज जित निकाल्दै ब्राजिलले आफ्नो दावेदारीलाई थप बलियो बनाएको छ । समुह ‘इ’ मा रहेको ब्राजिलले आइतबार स्विट्जरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । यो समुहमा कोस्टारिका र सर्विया समेत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 2