बलिउडका नायिकाहरुको विदेशी ब्वाइफ्रेन्ड

  • 826
  •  
  •  
  •  
  •  
    826
    Shares

बलिउड नायिका प्रियंका चोपडा र हलिउड गायक तथा अभिनेता निक जोनसबीचको प्रेमसम्बन्धलाई लिएर निकै चर्चा हुने गर्छ । यी दुईलाई सञ्चारमाध्यमले धेरैपटक एकै ठाउँमा भेटाएका छन् । यति मात्र होइन, सामाजिक सञ्जालमा एकले अर्कोलाई गर्ने कमेन्टले पनि अफेयरको खबरलाई सत्य प्रमाणित गरिरहेको भारतीय मिडियाको दाबी हुने गर्छ । तर, पनि अहिलेसम्म मिडियाका अगाडि उनीहरूले सम्बन्धलाई स्विकारेका छैनन् । प्रियंका चोपडा मात्र होइन, योभन्दा अघि पनि केही बलिउड नायिकाले विदेशी ब्वाइफ्रेन्डसँग डेट गरिसकेका छन् । केही नाम चलेका बलिउड नायिकाहरू, जसले विदेशी ब्वाइफ्रेन्डसँग डेट गरे :

इलियाना डिक्रुज

‘बर्फी’, ‘रुस्तम’जस्ता फिल्ममा अभिनय गरेकी बलिउड नायिका इलियाना डिक्रुज पनि एकजना विदेशी ब्वाइफ्रेन्डसँग डेट गरिरहेकी छिन् । उनको ब्वाइफ्रेन्ड एन्ड्र्यू निबोन अस्ट्रेलियाका हुन् । उनी उतै फोटोग्राफी गर्छन् ।

यो पनि हल्ला हुने गरेको छ कि इलियानाले निबोनसँग गुपचुपमा बिहे पनि गरिसकेकी छिन् । तर, त्यो खबर सत्य नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कंगना रनौत

बलिउड नायिका कंगना रनौतले पनि विदेशी ब्वाइफ्रेन्डसँग डेट गरिसकेकी छिन् । उनी लामो समयसम्म हलिउड निर्देशक निकोलस लेफर्टीसँग सम्बन्धमा रहिन् ।

आफ्नो सम्बन्धलाई उनले मिडियाका सामुन्ने पनि स्विकारेकी थिइन् । तर, २०१२ मा निकोलस लेफर्टी र कंगनाको ब्रेकअप भयो । यसपछि कंगनाले कहिल्यै पनि निकोलससँगको सम्बन्धलाई लिएर मिडियासामु केही बोलेकी छैनन् ।

श्रुति हसन

बलिउड अभिनेत्री तथा कमल हसनकी छोरी श्रुति हसन पनि अचेल बेलायती अभिनेता माइकल कार्सेलसँग डेट गरिरहेकी छिन् । तर, उनले पनि मिडियासामु भने आफ्नो सम्बन्धलाई स्विकारेकी छैनन् । तर, धेरैपटक उनीहरू सँगै देखिने गरेका छन् ।

तपसी पन्नु

‘नाम सबना’, ‘बेबी’ र ‘जुडवा–२’ जस्ता फिल्ममा अभिनय गरेका कारण दर्शकको मन जितेकी बलिउड अभिनेत्री तपसी पन्नु पनि एक विदेशी ब्वाइफ्रेन्डसँग डेट गरिरहेकी छिन् ।

उनका ब्वाइफ्रेन्ड माथिस बोय डेनमार्कका हुन् । उनीहरू पनि धेरैपटक सँगै देखिएका छन्, तर सम्बन्धलाई भने सार्वजनिक रूपमा स्विकारेका छैनन् ।

सुस्मिता सेन
पूर्वमिस युनिभर्स तथा बलिउड अभिनेत्री सुस्मिता सेनले पनि विदेशी ब्वाइफ्रेन्डसँग डेट गरिसकेकी छिन् । यो कुरा सायद थोरै मान्छेलाई मात्र थाहा भएको दाबी भारतीय मिडियाको छ ।

टिभी सो ‘एक खिलाडी, एक हसिना’का दौरान सुस्मिता सेन र पाकिस्तानी क्रिकेटर वासम अकरमका बीच प्रेम भएको थियो । त्यतिवेला यी दुईले उक्त सोको होस्ट गर्थे । तर, यो सम्बन्ध धेरै लामो चलेन । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 1