ट्रेड युनियन कांग्रेसको अधिवेशन आजबाट, दाहाल र आचार्य तीन वर्षअघिकै प्रतिस्पर्धी

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं, २९ जेठ । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा गर्ने कार्यक्रम छ । महाधिवेशनमा करिब १३ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

यसपटक पनि अघिल्लो महाधिवेशनमा जस्तै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट वर्तमान अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा प्यानल बनेको छ भने अर्को पक्षबाट गत महाधिवेशनमा पराजित पुष्कर आचार्यको नेतृत्वमा प्यानल बनेको छ । दाहाल प्यानलको वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, खुला उपाध्यक्षमा डिपी अर्याल, महिला उपाध्यक्षमा कल्पना अधिकारी, महासचिवमा सञ्जय मिश्र, उपमहसचिवमा जनार्दन निरौला र काजीमान श्रेष्ठ, कोषाध्यक्षमा ऋषभदेव घिमिरेले उम्मेदवारी दिँदैछन् ।

आचार्य प्यानलबाट वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, खुला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की र अजयकुमार राई, महिला उापाध्यक्ष इन्दिरा सापकोटा, सेवा उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक उपाध्यक्षमा आशा सिंह राठौर, महासचिवमा योगेन्द्रकुमार कुँवर, खुला उपमाहसचिव गणेशबहादुर केसी र ज्योति कोइराला, महिला उपमहासचिव राधिका कुइँकेल, सेवा उपमहासचिवमा सीताराम अवस्थी, अनौपचारिक उपमहासचिवमा राजेश पालिखे, उत्पादन उपमहासचिवमा ईश्वर परियार, कोषाध्यक्षमा मोहनकुमार बस्नेत र सहकोषाध्यक्षमा सुशीला घिमिरेले उम्मेदवारी दिँदैछन् ।

लोकतन्त्रवादी मजदुरहरूको छाता संगठन टे«ड युनियन कांग्रेसको यसपटकको महाधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवाले प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि पार्टीका चारवटा शुभेच्छुक भ्रातृसंस्थाको चुनावमा देउवा पक्ष पराजित भएको थियो । अहिले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला समूह मिलेकाले देउवालाई पार्टी चलाउन गाह्रो परेको छ । सोही कारण टे«ड युनियन कांग्रेसमा यसपटक पुष्कर आचार्यको सम्भावना धेरै देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =