यी हुन् बलिउडमा गुमनाम नायिका

  • 190
  •  
  •  
  •  
  •  
    190
    Shares

बलिउडमा प्रायः अभिनेत्रीको फिल्मी करिअर त्यति लामो हुँदैन । केही अभिनेत्री मात्र लामो समयसम्म फिल्म उद्योगमा रहन्छन् । तर, केही यस्ता अभिनेत्री पनि छन्, राम्रो फिल्म खेलेपछि पनि उनीहरू असफल भए ।

समिता शेट्टी
सुपरहिट अभिनेत्री शिल्पा शेट्टीकी कान्छी बहिनी समिता शेट्टीले २००० मा मेगाब्लकबस्टर फिल्म ‘मोहब्बतेँ’बाट बलिउड यात्रा सुरु गरेकी थिइन् । समिताको फिल्मी करिअर त्यस्तो उपलब्धिमूलक रहेन । प्रायः उनलाई साइड भूमिका मात्र मिले । २००७ मा उनी फिल्म ‘हुरी पुत्तर’मा देखिएकी थिइन् । यसको ९ वर्षपछि उनी तामिल र कन्नड फिल्ममा देखिने भएकी छिन् । अहिले समिता ३९ वर्षकी भइन् । अहिलेसम्म उनी अविवाहित छिन् ।

आसिन
२००८ मा प्रदर्शन भएको आमिर खानको सुपरहिट फिल्म ‘गजनी’बाट बलिउड करिअर सुरु गरेकी थिइन्, आसिनले । उनी तामिल फिल्मकी सुपरहिट अभिनेत्री पनि हुन् । तर, बलिउडमा भने २०१५ मा प्रदर्शन भएको फिल्म ‘अल इज वेल’ उनको अन्तिम फिल्म थियो । २०१६मा उनले माइक्रोम्याक्स कम्पनीका को–फाउन्डर राहुल शर्मासँग बिहे गरिन् । त्यसपछि उनी फिल्मी दुनियामा देखिएकी छैनन् ।

ट्विंकल खन्ना
पुराना अभिनेता राजेश खन्नाकी छोरी ट्विंकल खन्नाको सौन्दर्यलाई लिएर हरकसैले प्रशंसा गर्छ । उनले १९९५ मा मेगाब्लकबस्टर फिल्म ‘वर्षात्’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । तर, ६ वर्षपछि उनको करिअर सकियो । उनी २००१ मा फिल्म ‘लभके लिए कुछ भी करेगा’मा देखिएकी थिइन् । उनले २००१ मा बलिउड अभिनेता अक्षयकुमारसँग बिहे गरेपछि फिल्मबाट किनारा लागेकी हुन् ।

अमृता राव
अभिनेत्री अमृता रावले २००२ मा फिल्म ‘अब के बरस’बाट बलिउडमा पाइला राखिन् । तर, उनको चर्चा भने २००६ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘विवाह’बाट भयो । अमृताले सुपरहिट फिल्म ‘मस्ती’मा पनि काम गरेकी थिइन् । उनको २०१३ मा प्रदर्शन भएको फिल्म ‘सत्याग्रह’ अहिलेसम्मको अन्तिम फिल्म हो । उनी २०१६ मा ब्वाइफ्रेन्ड अनमोलसँग बिहे गरेर घरगृहस्थीतिर लागेकी छिन् ।

नम्रता शिरोडकर
यस मामलामा सबैभन्दा पहिले चर्चित अभिनेत्री शिल्पा शिरोडकरकी बहिनी नम्रता शिरोडकरको नाम आउँछ । नम्रता शिरोडकरले १९९८ मा फिल्म ‘जब प्यार किसी से होता है’बाट फिल्मी करियर सुरु गरेकी थिइन् । त्यसको ६ वर्षपछि २००४ मा उनको अन्तिम फिल्म ‘रोक सको तो रोक लो’मा न्यारेटरको भूमिकामा देखिएकी थिइन् । त्यसपछि उनले साउथ इन्डियन सुपरस्टार महेश बाबुसँग बिहे गरिन् र घरगृहस्थीतिर लागिन् ।   नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 − 62 =