ट्रम्प–किमबीचको शिखर वार्ताअघि रातभर निदाउनै सकिनँ : दक्षिण कोरियाली राष्ट्रपति

  • 890
  •  
  •  
  •  
  •  
    890
    Shares

एजेन्सी, २९ जेठ । दक्षिण कोरियाका राष्ट्रपति मुन जो इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताअघिको रात आफू रातभरि निदाउनै नसकेको बताएका छन् ।

मंगलबार बिहान मन्त्रिपरिषद् बैठकमा राष्ट्रपति मुनले ट्रम्प र किमको शिखर वार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास लिएको सीएनएनले जनाएको छ । ‘उत्तर कोरिया र अमेरिकाबीच भर्खर शिखर सम्मेलन सुरु भएको छ, यतिखेर सबै कोरियालीको आँखा सिंगापुरमा छ,’ मुनले भने ।

मुनलाई उत्तर कोरिया र अमेरिकाबीच शिखर वार्ताका योजनाकार मानिन्छ । उनले नै उत्तर कोरियालाई अमेरिकासँग सम्बन्ध सुधार गर्न र पारमाणिक निःशस्त्रीकरणमा लाग्न सुझाएका हुन् । अघिल्लो महिना मुनले किमसँग ऐतिहासिक भेटवार्ता गरेका थिए । त्यसपछि पनि उनले किमलाई भेटे । मुनसँगको भेटपछि किम चीनका राष्ट्रपति सी जिन पिङसँग भेट्न बेइजिङ पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 4