प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी ओलीले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीले अपराह्न ४ बजे परिषद्को बोलाएका छन् । विगत ७० दिनभन्दा बढी समयदेखि सर्वोच्च कायमुकायमको भरमा सञ्चालन हुँदै आएको छ । संविधानमा प्रधानन्यायाधीश पद रिक्त भएको ३० दिनभित्रै नियुक्ति गर्नुपर्ने व्यवस्था छ । तर, संसदीय सुनुवाइ विशेष समिति गठन हुन नसक्दा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस हुन सकेको थिएन । संसदका दुवै सदनको नियमावली पारित भएपछि समिति गठनको बाटो खुलेको हो ।

मंगलबरको बैठकले परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ गरेर राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । न्यायपरिषद् सचिवालयले यसअघि नै वरिष्ठताका आधारमा क्रमशः दीपककराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम प्रधानन्यायाधीशका लागि पठाइसकेको छ । प्रधानमन्त्री ओलीले जोशीलाई प्रधानन्यायाधीश बनाउन खोजेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिश्रलाई आश्वासन दिएको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =