सलमानको फिल्ममा काम गर्ने कपिलको तयारी

  • 324
  •  
  •  
  •  
  •  
    324
    Shares

एजेन्सी,२९ जेठ । पछिल्लो समय विवादमा मुछिएका कपिल शर्मा सलमानसँग फिल्ममा काम गर्ने भएका छन् । आफ्नो फिल्म ‘रेस ३’ को प्रचारमा व्यस्त रहेका सलमान अब छिट्टै कपिल शर्मालाई लिएर काम गर्ने भएका हुन ।

कमेडियन किंग कपिलले फिल्ममा काम गर्ने बताएका थिए । पछिल्लो समयमा कपिलको करियर जुन तरिकाले गिर्दै गएको छ, यस्तो अवस्थामा सलमानले उनलाई माथि उठाउनका लागि सही किनारा दिनेछन्। सलमानसँग काम गरेपछि पछिल्लो समय बिग्रिर्दै गएको कपिलको करियर फेरि सुध्रिनेमा धेरैको विश्वास छ।

सलमानको फिल्म ‘शेरखान’ उनका भाइ सोहेल खानले निर्माण गर्दै छन्। यस चलचित्रको लामो समय देखि नै चर्चा चलेको थियो। तर बीचमा यो प्रोजेक्ट बन्द भएको थियो। हालै सलमानले यो प्रोजेक्ट बन्द नभएको बताउँदै अब छिट्टै काम गर्ने तयारी रहेको खुलासा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =